६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रुकुम नरसंहारविरुद्ध बुटवलमा चर्कियो आन्दोलन

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ । बुधबारबाट स्वत स्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्ध दोस्रो बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन ।  

बुटवलको पुष्पलाल पार्कमा बिहीबार विहान स्वत स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानव अधिकारकर्मीको सहभागितामा जाजरकोटका नवराज विक लगायतको हत्यामा संलग्नलाई कारवाही र छानविनको माग गर्दै प्लेकार्डसहितको विरोध प्रदर्शन गरिएको हो ।  

उक्त अवसरमा बोल्दै दलित नेता हरिओम विश्वकर्माले गणतन्त्र दिवसका दिनमा जातीय रुपमा हत्या गरिएका जाजरकोटका युवाहरुको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै विरोधमा उत्रनु परेकाले गणतन्त्रको अनुभूती नभएको बताए । उक्त अवसरमा बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता एव कोभिड-१९ नागरिक सरोकार अभियानका पदम कार्की, समाजवादी पार्टीका नेता यज्ञ पोखरेल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य रीता बुढाथोकी, तिलक नेपाली, दलित अभियान्ता नर बहादुर सुनारले सम्बोधन गर्दै दलित समुदायमाथिको उत्पीडन सहन नसक्ने भन्दै सरकारलाई घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरे ।  

कुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पीडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्डसहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउलेको सामूहिक आक्रमणबाट हत्या भएको थियो । नवराजसहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ ।

बार र शान्ति समाजको सडकमा उत्रियो

बिहीबार बुटवलको राजमार्ग चौराहामा विभिन्न संघसंस्थाद्वारा विरोध प्रदर्शन गर्दै घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । प्रदर्शनमा उच्च अदालत बुटवल बार एसोसियशन लगायतका मानव अधिकारकर्मीहरुको सहभागितामा रुकुम घटनाविरुद्ध क्यवद्धता जनाउँदै निष्पक्ष छानविनको माग गरेका हुन ।  

सो अवसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले रुकुम घटनाले कानूनी राज्यको उपहास गरेको बताउदै कानूनले ग्यारेण्टी गरेको अधिकारको संरक्षण गर्दै पीडितलाई न्याय र दोषीलाई कानून सम्मत कारवाही गर्न जोड दिए । त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम, रुपन्देहीको देवदह लगाएत पछिल्लो समय देशभर भएका अमानवीय घटनाको स्मरण गर्दै त्यस्ता घटनाप्रति भ्रत्र्सना गरे ।

उनले आगामी दिनमा त्यस्ता घटना नदोहोरिनका लागि मानव अधिकार तथा शान्ति समाज कडा विरोध उत्रने बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डि.पि.खनालले जातका आधारमा गरिने विभेदको समूल अन्त्य गर्नुपर्ने बताए । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App