७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली न्याय निर्मला र नवराज

सञ्जयकुमार राई

 

एकै रातो रङ्गको रगत  

उही गिलो मासु  

उही साह्रो हड्डी  

एकै प्राणले भरिएको

सजीवतालाई रयाङकिङ

गर्छ हिन्दू धर्म ।

पहुँच  र हैसियत तौलिन्छ  

र व्यवहार गर्छ नेपाली समाज

छाला र क्षेत्र हेरेर  

न्याय र निर्णय दिन्छ सिंहदबार

अनि समानुभूतिको  

भावनात्मक आभासमा

किन नबन्नु त आम जनजाति र दलितहरू  

ख्रिष्टियन ?  

पण्डित र मन्दिरले छेकेपछि  

किन नछिर्नु त स्वागत गर्दै  

छिराइने होली चर्च ?

श्रमको आधारमा  

छुट्याइएको तिम्रो वर्ग  

स्वंय परिभाषित गर्छौ  

उच्च जातिको रूपमा

तिम्रो नश्लको अहंकारले  

अमानवीय र घृणित हर्कत  

गर्छौ मानवीयतामाथि नै ।

सृष्टिलाई चलायमान बनाउने  

कर्मशील हातहरू

संसार सिँगार्ने सुन्दर शिल्पी कलाहरू

तिमीले दलित भनेर हेला गर्ने  

एक नश्ल  

तिम्रो नीच हर्कतभन्दा  

धेरै उच्च छ ।

नश्ल मिलेर पनि वर्ग नमिल्ने

गुमनाम छन् निर्मला पन्तहरूको न्याय  

नश्ल नमिल्ने, वर्ग पनि नमिल्ने  

नवराज विश्वकर्माहरूले  

के पाउलान् र न्याय ?

दुरको दुख देखेर पनि  

नदेखेझैं गर्ने

अपराधीहरूलाई चिनेर पनि  

नचिनेझैं अभिनय गर्ने  

जलाइदेऊ अन्धो गृहमन्त्रालय

अविलम्ब राजीनामा चटके गृहमन्त्री  

अन्यायलाई पर्दाफास गर्ने नसक्ने

भत्काइदेऊ तिम्रो नेपाल प्रहरीको हेडक्वाटर ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App