९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पाल्न नसकेपछि आमाले गरिन् शिशुको हत्या

आफूले जन्माएको सन्तानलाई आफैंले हत्या गर्‍यो भन्दा तपाईलाई पत्यार लाग्छ ? तर भक्तपुरको सूर्यविनायक घलातेंमा यस्तै एउटा दुर्घटना भएको छ । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राईले आफैंले पाएको चार दिने शिशु (छोरी)लाई आफैंले मुखमा कपडा कोच्चिदिएर हत्या गरेकी छन् ।  

महानगरीय प्रहरी परिसर जगाती भक्तपुरका प्रमुख डीएसपी चक्रराज जोशीले शिशु हत्या गर्ने आमालाई पक्राउ गरिएको जनाए । ‘पालनपोषण गर्न नसक्ने देखेपछि आफैले हत्या गरेको महिलाले स्वीकारेकी छन्, डिएपसी जोशीले महिलाको भनाई उद्धृत गर्दै भने, ‘श्रीमान मसँंग झगडा गरी सम्पर्कविहीन भए । यस्तो अवस्थामा भएकी एउटी सानी छोरीलाई त खुवाउन सकिन भने फेरि अर्की छोरीलाई कसरी पाल्न सक्छु भनी हत्या गरेँ ।’

घटना विवरण अनुसार महिला घर ढलानको काम गर्ने मजदुर हुन् । काम गर्दागर्दै उनको त्यसरी नै काम गर्ने उदयपुरका मिलन मगरसँंग प्रेम वस्यो । प्रेम वसेपछि उनीहरु दुवैजना सँंगै बस्न थाले । यस क्रममा उनको अहिले २१ महिने छोरीसमेत छ । तर पछिल्लो समय उनका श्रीमान्ले झगडा गरी लकडाउन अघि गर्भवती श्रीमतीलाई छोडेर उदयपुर गए । उनी अहिलेसम्म पनि सम्पर्कविहीन छ । साथै उनकी पहिलाकी श्रीमती पनि छ ।  

बताइए अनुसार लकडाउनदेखि नै उनी सानी छोरीको साथमा छिन् । खानपिनका लागि असाध्यै समस्या थियो । त्यसो भएपछि गर्भवती भए पनि लकडाउनको अवधिमा उनले काम खोजिन् । तर काम पाइनन् । त्यस क्रममा उनको केही दिनको गुजारा त राहतबाट पनि चल्यो । यही अवस्थामा उनले शिशुको जन्म दिइन् । अनि यस्तै दर्दनाक अवस्थामा जन्मेकी शिुशको पालनपोषण गर्न नसक्ने देखेपछि जन्मेको चार दिनपछि हत्या गरेको बताइएको छ ।  

प्रहरीले शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा महिलाको घर नजिकै शव फेला पारेको थियो । मजदुरी काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको जनाइएको छ । प्रहरीले रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App