९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देहीको कान्छी बजारमा पाँच जनाको बिभत्स हत्या

रुपन्देहीको तिलोत्तमा गएराती पाँच जनाको बिभत्स हत्या भएको छ । तिलोत्तमानगरपालिका–१०  स्थित कान्छी बजारमा पाँच जनाको  हत्या भएको हो । कान्छीबजार स्थित मैनहवामा रहेको रामबहादुर पुन र कृष्ण बहादुर पुनको गाइ फार्ममा काम गर्ने ३ जना सहित मैनहवाकै अन्य  दुई जना युवकको गाइ फार्म भित्रै गएराती हत्या भएको प्रहरीले जनाएको छ ।  

हत्या हुनेमा फार्ममा काम गर्ने  रुपन्देहीकै मुर्गीयाको ४० वर्षे माधव मुसहर, मैनहवाकै पोखराज मुसहर र जानकी मुसहर  छन। मैनहवाकै अन्य दुइ जना १७ वर्षीय युवकको पनि हत्या भएको हो । ती  दुई युवक गाँइ फार्ममा काम नगर्ने स्थानीयले बताएका छन् । ती युवकहरु के कती कारणले त्यहा पुगे भन्ने खुली सेकेको छैन । प्रहरीले गाँइ फार्ममै कार्यरत झसेन्द्र सिजालीलाइ बेहोस अवस्थामा  घटना स्थल नजिकै फेला पारी उपचारकालागि पठाएको छ ।

हत्या कस्ले के कती कारणले गरेको भन्ने प्रहरीले खुलाइ सकेको छैन । तर स्थानीयले भने सिजालीले नै हत्या गरेको हुन सक्ने आशंका गरेका छन । बिहान गाइ फार्म संचालक पुग्दा पाँचै जनाको हत्या भएको अवस्थामा  देखेपछि प्रहरीलाइ खबर गरेका थिए । पाँचै जनाको एकै ठाँउमा हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटना स्थलमा पुगेको प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App