८ असार २०८१ शनिबार
image/svg+xml

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त पुल निर्माणका लागि शनिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्। करिब डेढ दशक अघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अबको दुई वर्षमा मूर्त रुप पाउनेछ। बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थालिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ। पुल करिब साढे २५ मिटर झोलुङ्गो हुने स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए।

पोखरा फुटबल रंगशालाको शिलान्यास

पोखरा फुटबल रंगशाला निर्माणको काम सुरु गरिएको छ । ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा रंगशालको निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए।

६७ लाखको भवन शिलान्यास

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८, लक्ष्मणास्थित पूर्णहिरा माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ। नागरिक दैनिकका संस्थापक अध्यक्ष एवं स्थानीय समाजसेवी हेमराज ज्ञवालीले स्थापना गरेको उक्त विद्यालयका लागि नयाँ भवन बनाउन लागिएको हो। शनिबार उक्त भवनको शिलान्यास गरिएको छ।

ख्वप अस्पताल भवन शिलान्यास

भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप अस्पताल भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्पताल भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले २५ शैश्याको अस्पताल भवन निर्माण थालेको हो।

भक्तपुर नगरपालिकाले अस्पताल साञ्चालन गर्ने

नेपालमा पहिलो पटक भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्न लागेको छ। ख्वप अस्पताल नामकरण गरिएको अस्पतालको भवन शिलान्यास बिहीबार एक कार्यक्रमबीच हुँदैैछ।

३१ बर्षपछि दोहोर्‍याएर शिलान्यास

२०४४ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति भरतबहादुर खड्काले सिलान्यास गरेको सहजपुर–बीपीनगर–बोगटान सडक खण्डको ३१ वर्षपछि मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सिलान्यास गरेका छन्। सो सडक खण्ड कालोपत्रे गर्नका लागि भारतको एक्जिम बैंकमार्फत् भारत सरकारले दुई अर्ब रुपैयाँ ऋण सहयोग गरेको हो।

माथिल्लो त्रिशुली शिलान्यास, २०७७ फागुन सम्म सक्ने लक्ष्य

रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ। ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन्।

भरतपुरमा पाँच आयोजनाको शिलान्यास

भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको पाँच आयोजनाको बिहीबार संयुक्त रुपमा शिलान्यास गरिएको छ। करिब ५६ करोड रुपैयाँ लागतमा महानगरपालिकाको विभिन्न स्थानमा पाँचवटा आयोजना निर्माण कार्य सुरु गरिएको हो।

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

‘बिपी उद्यान’ को जग्गामा ‘मधेसी सहिद पार्क’ शिलान्यास

२०६० साल पुस २४ गते वीरगन्ज महानगरपालिकाले बिपी उद्यान्नको नाममा खरिद गरेको जग्गामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बुधवार सहिद पार्क शिलान्यास गरेका छन्। वीरगन्ज महानगरपालिका स्वामित्वको जग्गामा पार्कको शिलान्यास गर्दा त्यहाँबाट सहमति वा स्वीकृति नलिइएको मंगलवार महानगरपापिलकाले जानकारी गराएको थियो। तत्कालै नेपाली कांग्रेसले बिरोध जनाएपछि प्रतिक्रियात्मकरूपमा कांग्रेसलाई चुनौती दिँदै शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतसहितका फोरमका नेताहरूले पार्कलाई ‘मधेसी सहिद पार्क’ भन्दै कडा र धम्कीपूर्ण भाषण गरे।

महाकालीमा नदीमा अन्त्येष्टि घाटको शिलान्यास

महाकाली नदीमा अन्तिम संस्कारका लागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ। घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा सास्ती भोग्दै आएका थिए। यसको निर्माण पछि राहत हुने स्थानीयले बताएका छन्। निश्चित आर्यघाट नहुँदा विरोध र विवाद हुँदै आएको छ। कहिले भुजेला, कहिले पिपरिया त कहिले झोलुंगे क्षेत्रमा अत्येष्टि गर्नु परेको छ। स्थानीयवासीले दुर्गन्धित हुने भन्दै आन्दोलन थालेपछि शव जलाउनकै लागि समस्या हुने गरेको छ।

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

सुख्खा बन्दरगाह विवाद उत्कर्षमा

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा सरकार र स्थानीय जनताबीच विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गरेसँगै सरकार र स्थानीयबीचको विवाद उत्कर्षमा पुगेको हो।

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्