१४ असार २०८१ शुक्रबार
image/svg+xml

सुख्खा बन्दरगाहको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकास्थित चोभारमा बिहीबार (आज) सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट कारखानाले चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।

सडक छैन, भ्यु टावर!

पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।

दुई जिल्ला जोड्ने पुलको शिलान्यास

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत स्याङजामा पर्ने आँधीखोलामा मोटरेवल पुलको शिलान्यास गरिएको छ। भारत र चीन जोड्ने यो आयोजना पछिल्लो समय तीव्रगतिमा निर्माणाधीन छ। शुक्रबार शिलान्यास भएको यो पुलको लागत ९ करोड ६५ लाख ७८ हजार छ।

९० करोडको कार्गो भवन बन्ने

नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

दरवाङ्ग म्याग्दी जलविद्युतको शिलान्यास

म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजना शिलान्यास गरिएको छ। आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापा र धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवँरले संयुक्त शिलान्यास गरेका हुन्।

रोल्पा प्रहरीको आधुनिक भवनको शिलान्यास

जिल्ला प्रहरी कार्यालय रोल्पाको भवन शिलान्यास गरिएको छ। २२ कोठे आधुनिक भवन निमार्णको शुक्रबार रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले शिलान्यास गरे।

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यास भएको छ। एक समारोहका बीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले फिदिम–२ को माथिल्लो गाउँमा भवनको शिलन्यास गरेका हुन्।

विनाले शिलान्यास गरिन् प्रकाशको स्तम्भ

पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार ककनीमा गरिएको कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सो स्तम्भको शिलान्यास गरिन्।

अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास भएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीले शुक्रबार संयुक्त रूपमा अायाेजनाकाे शिलान्यास गरेका हुन् ।

काठमाडौँ कै पहिलो कन्या विद्यालयको पुनर्निर्माणको शिलान्यास

काठमाडौँ कै पहिलो कन्या विद्यालय कन्या मन्दिर माध्यामिक विद्यालयको पुनर्निर्माणको शिलान्यास भएको छ।  नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल तथा नेपाल सरकारका अन्य अधिकारीहरूको सहभागितामा पुनर्निर्माणको शिलान्यास भएको हो।

अाेली र माेदीले संयुक्तरूपमा अरुण तेस्रोको शिलान्यास गर्ने

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदीले वैशाख २८ र २९ गते नेपालको भ्रमण गर्ने जनाएको हो। मोदीकाे सैनिक मञ्च टुँडीखेलमा गार्ड अफ अनरले सम्मान गरिने विज्ञप्तिमा जनाइएकाे छ।

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो।

सडक र पक्की नाला शिलान्यास

कलैया उपमहानगरपालिकाभित्र सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको १९ किलोमिटर लामो पक्की नाला र साविकको सडक स्तरोन्नति कार्यको मंगलबार शिलान्यास गरिएको छ ।४७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की नाला र सडक स्तरोन्नति कार्यको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्