२९ पुस २०८१ सोमबार
image/svg+xml

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताको माग

अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने माग गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संजालले यस्तो माग गरेको हो। नयाँ संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। त्यही भावना अनुरुप मन्त्रिमण्डलमा महिला सहभागिता हुनु पर्ने उनीहरुको माग छ।

के महिला भनेका योनि मात्र हुन् ?

आफ्नी नायिकाको पेटलाई जतिसुकै उघारेर देखाउन सक्छ र यस्तो गर्दा उसको सेट जलाउने, मारपिट खाने, अंग काटिने, ज्यानै जाने डरले ऊ लुक्दैन । साधारण शब्दमा भन्ने हो भने मानिसलाई फिल्म बनाउने, त्यो फिल्म रिलिज गर्ने क्षमता रहिरहनु पर्छ र यस्ता फिल्म बनाएका कारण उसका सन्तान सुरक्षित तरिकाले विद्यालय जाने अधिकार कुण्ठित हुनुहुँदैन ।

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

मधेसको पहिलो र एकमात्र महिला मेयरले आफ्नो नगरपालिकामा दुई वटा नयाँ कार्यक्रमको शुभारम्भ गरेकी छिन्। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले दुई वर्षभित्र नगरपालिकालाई साक्षर बनाउन घोषणा गरेकी छिन् । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निकै चुनौतीपूर्ण काम भए पनि विभाग, जिल्ला शिक्षा कार्यालय रौतहट तथा नगरपालिकाको समन्वयमा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्। महानिर्देशक पौडेलले जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई साक्षरता अभियानलाई सफल बनाउन निर्देशन दिएका छन्।

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका महिलामैत्री हुन नसकेको सरोकारवाला निकायले जनाएका छन्।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

हक खोज्दैनन् महिला

एक कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भने, ‘महिलाहरू आफ्नो अधिकार नै माग्न आउँदैनन्, अधिकार त कति छन् कति ।’ अर्को एक कार्यक्रममा सूचना आयुक्त यशोदा तिम्सिनाले पनि भनिन्, ‘अधिकार त परै जाओस्, के के पाइन्छ भन्ने सूचना माग्न पनि आम महिला पुग्दैनन्।’

भीरबाट लडेर महिलाको मृत्यु

मुसीकोट नगरपालिका–१, सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

संघीय संसदमा ३४ प्रतिशत महिला

संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

मैथिली रंगमञ्चमा नेपालीभाषी महिला

मैथिली नाट्य परम्पराको समृद्ध र प्रभावशालीअतीत छ । तर, रंगकर्मप्रति बहुसंख्यकव्यक्तिमाविद्यमान संकीर्ण दृष्टिकोण, व्यवहारिक सीमा र समस्याकाकारण यस विद्यालाई बहुमुखी र बहुआयामिक बनाउन नसकिएको साँचो हो ।

महिलाका लागि मेटलाइफकाे याेजना

मेटलाइफ नेपालले महिलाका लागि नयाँ सुरक्षा योजना ल्याएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी उक्त योजना सार्वजनिक गरेको हो ।मेटलाइफले लाइफकेयर नामको नयाँ बिमालेख सुरु गरेको छ । यस बिमालेखाले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्दछ ।

महिला हिंसाविरुद्ध प्रदर्शन

महिला हिंसा तथा दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा प्रदर्शन गरिएको छ। युथ एड्भोकेसी नेपाल, महिला एकता समाज र एक्सनएड नेपालको संयुक्त आयोजनामा राजधानीको शान्तिबाटिकामा बुधवार युवाहरूले एक घण्टा प्रदर्शन गरे।

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

एपिएफलाई महिला भलिबलको उपाधि

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्