२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भीरबाट लडेर महिलाको मृत्यु

रुकुम – मुसीकोट नगरपालिका–१, सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

भिरबाट खस्दा करिब ३० मिटर तल पुगेकी बोहरा गम्भीर घाइते भएकी थिइन्। घाइते बोहरालाई घरमा पु-याउने बित्तिकै मृत्यु भएको स्थानीय भिमु शाहीले बताए। वनमा बाख्रा चराउन गएकी बोहरा अबेरसम्म घर नफर्किदा परिवारले खोजी गर्दा बोहरा गम्भिर घाइते भएको अवस्थामा फेला परेकी थिइन्।

प्रकाशित: ८ फाल्गुन २०७४ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App