उदयपुरबाट काँग्रेसमा दुई महिला सांसद मनोनीत
हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।
हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।
प्रतिनिधिसभामा उयदपुरबाट २ जना महिला सांसद थपिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ २ सांसद प्रतिनिधिसभामा थपिएका हुन् । कांग्रेसले अघिल्लो दिन निर्वाचन आयोगलाई दिएको सिफारिस अुनसार पार्टी नेतृ प्रमिला राई र दलित नेतृ लक्ष्मी परियार कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा सांसद परेका हुन्।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ २० महिला नेत्री सांसद बन्ने भएका छन् । कांग्रेसले समानुपातिकमा जम्मा ४० सिट पाएको छ । प्रत्यक्षतर्फ २३ निर्वाचन क्षेत्रमा सीमित कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न २० महिला सहभागी गराउनुपर्ने भएको हो।
राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्याउनेछन्।
आमा नामक नेपाली चलचित्र नेपालको पहिलो चलचित्र हो, यसअघि बनेका कुनै पनि नेपाली चलचित्रको हामीसित इतिहास छैन ।नेपाली चलचित्रको इतिहास प्रामाणिक आधारमा आधा शताब्दी चानचुन पूरा भयो, प्रथम नेपाली चलचित्र आमालाई पहिलो मानेर हेर्दा ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व धेरै हुने भएको छ। राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका ६ खरिपाटीस्थित बेसी टोलकी वर्ष ३० की पुतली तामाङ शुक्रबार मृत अवस्थामा भेटिएकी छन् ।
नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।
शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।
खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बजेटको व्यवस्था गरेरै ७ वडामा कार्यरत ७९ महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलबार मासिक ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो।
मोरङ, सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले नागरिकताको सिफारिस लिएर कार्यकक्षमै पुगेकी मालती ऋषिदेवलाई देख्दा छक्क परे । हातमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए ।
रोल्पामा व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन्।
नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्।
उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।