१ माघ २०८१ मंगलबार
image/svg+xml

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुलनाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन्।

तीन महिलाको हत्या रहस्य सुल्झिएन

जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन।

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ। ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

महिला प्रतिनिधित्व दुईतिहाइ बढी

अधिकांश दलले प्रत्यक्ष निर्वाचनमा निकै कम महिलालाई उम्मेदवार बनाएका कारण प्रदेश संसद्मा महिला कोटा समानुपातिक निर्वाचन प्रणालीमार्फत पुरा गर्नुपरेको छ।

सुमोको ठक्करबाट एक महिलाको ज्यान गयो

काठमाडौंको फर्पिङमा सुमोको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको रहेकी छन्।

ढुंगाले लागेर एक महिलाको मृत्यु

बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ।

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ। शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्।

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।

महिलाको कुलदेवता कुन ?

हालैको कुरा हो, काठमाडौँकै एकजना बहिनी गुर्जुकोमा चिना देखाउन गएकी थिइन् । गुर्जुले उनलाई भने— ग्रहदशामा गडबडी चलिरहेको छ, कुलदेवता पूजा गर्नू ठीक हुन्छ ।

मिथिला कलामा महिला समानताका आह्वान

मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तीकरणका क्षेत्रमा गर्विलो आवाज उठाएको बताए ।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पहिलोपटक रंगशालामा साउदी अरेबियाका महिला

साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् ।  त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्।

माईत हिँडेकी महिला खोलामा मृत फेला

खोटाङमा माईत हिँडेकी महिला खोलामा मृत फेला परेकी छन्। पुस २५ गते माईती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी हुन्।

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए । बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्