८ वैशाख २०८१ शनिबार
सबिता खड्का


सबिता खड्काका लेखहरु :

युक्रेन युद्ध सुरु भएयता ह्वात्तै बढे रुस जाने नेपाली, रुसी सेनामा भर्ति भएको हुन सक्ने

अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५/७६ देखि ०७९/८० सम्म ७४४ जना मात्र रुस गएका थिए।

वैदेशिक रोजगार कार्यालयमा ‘अरेवियन’ भाषाकाे कक्षा सञ्चालन

वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीहरूका लागि १५ दिने अरेवियन भाषा कक्षा सुरु गरेको छ।

अमेरिका हिँडेका नेपाली पाँच महिनादेखि फिलिपिन्समा बन्धक

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’

एक सातामै १४ हजार श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।

सजाय काटेर कारागारबाट निस्किँदा ‘फूलमाला’

बाल यौन दुराचारको अभियोगमा मुद्दा खेपिरहेका कलाकार पूर्णविक्रम (पल) शाह आइतबार सफाइ पाएर सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन्। पूर्वीनवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो।

महिलाको प्रमुख रोजगार गन्तव्य

वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरू मध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) जाने गरेको एक तथ्यांकले देखाएको छ।

विदेश जाने सपनाले ‘घर न घाट’

कानुन फितलो भएको कारण न्याय नपाएको पीडित युवाको गुनासो छ। रकम फिर्ताको माग गर्दै प्रहरी, प्रशासनमा उजुरी दिए पनि सुनुवाई नभएको पीडित बताउँछन्।

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेयिबासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

सहरीकरणसँगै घरघरमा कौसीखेती

जनसंख्याको ठूलो हिस्सा कौसीखेतीमा लागेका कारण फोहोरमा पनि ७० प्रतिशतभन्दा बढी कुहिने फोहोर निकालेर कौसी खेतीमै प्रयोग हुने गरेको छ।

चापागाउँ ढोलाहिटी क्षेत्रको सडक अस्तव्यस्त

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवाससम्मको बाटो व्यवस्थित रहे पनि त्यसभन्दा माथि दक्षिण ललितपुरतर्फको सडकको अवस्था अस्तव्यस्त बनेको हो।

बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे

ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवका शिवराम खड्का छोरीलाई कलेज पुर्‍याउन र लिन दैनिक चार किलोमिटरको सडक ओहोरदोहोर गर्छन्।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्