मैथिली नाट्य परम्पराको समृद्ध र प्रभावशालीअतीत छ । तर, रंगकर्मप्रति बहुसंख्यकव्यक्तिमाविद्यमान संकीर्ण दृष्टिकोण, व्यवहारिक सीमा र समस्याकाकारण यस विद्यालाई बहुमुखी र बहुआयामिक बनाउन नसकिएको साँचो हो ।
रंगपरम्परा र रंगसंस्कारको अभाववा यसप्रतिको सामाजिक अस्वीकारोक्ति नै हो जसले यस्तो गम्भीर, रचनात्मक र अभिव्यक्तिको सर्वाधिक सशक्त माध्यममा विविधता ओझेलमा परिरह्यो । साँघुरो चिन्तन र व्यवहारका कारण मिथिलाञ्चल जस्तो सभ्य, सुसंस्कृत र सुपथगामी भनिएको समाजमा महिला पात्रका रूपमा पुरुषले नै भूमिकानिर्वाह गर्ने स्थिति थियो । ३० को दशकमा मैथिली रंगमञ्चमा नेपाली भाषी विद्या राणा चौधरीको उपस्थिति देखिन्छ । यो उपस्थिति सामाजिक अस्वीकृति र संकुचनविरुद्ध रंगमञ्चमा आधा आकाश समेटिएको ऐतिहासिक क्षण थियो । समृद्ध व्यवसायिक रंगमञ्चको कल्पना गर्न नसिकने त्यस दौरमा सभ्रान्त राणा परिवारकी चेलीको रंगमञ्चमा आगमन एउटा क्रान्तिकारी दुस्साहसिक घटना हो । तर, यसको सकारात्मकप्रभावकालागि मैथिली रंगकर्मले झन्डै दुई दशकपर्खनुपर्यो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि व्यक्तिगत परिचय र स्नेह सम्बन्धकाकारण केही महिला पात्र मैथिली रंगमञ्चमा देखापरे । जसले अस्थायी प्रेक्षा गृह रतिको सामाजिक पूर्वाग्रह, उपेक्षा भाव र अलगाबलाई अनदेखी गरेर यो कर्ममागर्विलो र स्मरणीय स्थान बनाए । तिनैमध्ये एक हुन् रेखा कर्ण । रेखाको उत्साही, दुस्साहसी र असमान्यप् रतिभाले मैथिली रंगमञ्चले सही रूपमा पूर्णतापायो । त्यस अढाइ दशक यता निकै समर्थ महिला कलाकार मैथिली रंगमञ्चमा आए । तर, जीवनप्रवाहको अनिश्चितता, अस्थिरता र बिहापछि घरगृहस्थी सम्हाल्नैपर्ने प्रत्याशित कारणले उनीहरू आफ्नो महत्वाकांक्षालाई विरामदिएर यो संसारबाट अलपभए।
रंगमञ्चीयपरिस्थिति, अपेक्षा र सीमाबद्धताको एउटा अध्याय नेपाली भाषी अर्की कलाकार पुनिता ढकालको बहिर्गमन सँग सकिएको थियो ५० को उत्तराद्र्धमा मिथिला नाट्यकला परिषद्की सर्वाधिक ऊर्जावान् कलाकार पुनिता वैवाहिक जीवन आरम्भसँगै रंगकर्मबाट प्रायः सन्नयास लिएकी थिइन् । तर, राणा, कर्ण र ढकालको शिल्प परम्परालाई पछिल्ला दिनमा पछ्याउने धेरै कलाकार देखिए । जसको व्यग्रता, मिहिनेत र संवेदनाबाट मैथिली रंगकर्मलाईगरिमा, प्रतिष्ठा र व्यापकता प्राप्त भयो । फरक समाज, परिवेश र समयलाई पूरै इमान्दारी, सुक्ष्मता र गहिराईले बाँच्ने थुप्रा नेपाली भाषी कलाकारले मैथिली रंगमञ्चको यति नै बेला सीमोन्न्यन गरे । एउटा नाटक छ । ‘ओ छल गदहा’ ।प्रभावशाली झर्रासंवाद, संकेत र प्रतिकमाआधारित कथ्य तथा मस्तिष्कमा अमिट छाप छाड्ने चरित्र विन्यास भएको यो नाटकमा रिना रिमालले मूलपात्रका रूपमा अभिनय गरेकीथिइन्।
राजाबाट अनाहकमा मृत्युदण्ड दिइएका ‘कोतबाल’की प्रेमिकाको चरित्र । त्यो प्रेमिकाजो कोठीमा बस्ने हुन्छिन् । झन्डै डेढ दशकभयो यो नाटकमा रिनालाई रामकलीबन्नुपरेको । तर, यसको एउटा संवादले आज पनि उनको आङसिरिङ हुन्छ । मृत्युलाई पर्खेर बसेको प्रेमीले जब भन्छन्, ‘रामकली ! तिम्रो र मेरो सम्बन्ध अब यति मात्र हो । राजाले मलाई झुन्ड्याएको हेर्न आऊ न ।’
समाजका दिनदिनै देखिनेभन्दा फरक बोली, पहिरन र हाउभाउ भएका पात्रलाई जीवन्त र काटीकुटी बनाउन रिनालाई कम्ती सकस भएको थिएन।
व्यवसायिक यौनकर्मीले प्रयोग गर्ने संवादलाई झर्रो मैथिलीमा सहजतापूर्वक उच्चारण गर्नेदेखि उही हाउभाउमा प्रस्तुत हुन रिनालाई त्यो पात्रलाई चिन्नु जान्नुपर्ने थियो । जनकपुरको एउटा सामान्य परिवारकी छोरी र नृत्य गर्ने सौखकाकारण मिथिला नाट्यकला परिषद्को मञ्चमा पुगेकी उनले कहिल्यै देख्दै नदेखेको पात्र रामकलीका रूपमा बाँच्नुपर्ने थियो । तर, आफ्नो अन्तर्दृष्टि, अभ्यास र रंगबोधका कारण उनले रंगमञ्चको व्याकरण नै बदलि दिइन् । अर्थात् नेपाली भाषी रिना सम्पूर्णतामा रामकली भइसकेकी थिइन् मैथिली रंगमञ्चमा।
जीवनको उहापोहमा रिनाको नाट्यकर्म बाधित भएको करिब पाँचवर्ष भएको छ । तर, मैथिली रंगमञ्चका असाधारण प्रतिभाहरू रञ्जु झा र प्रियंका झाका माझ मारामकली भएर रंगमञ्चमा उभिनुपर्दाको सुखद अनुभूति आज पनि ताजै छ । मैथिली रंगमञ्चकायी पात्र आज पनि मैथिली भाषा बोलिरहँदा नै सहज देखिन्छिन् । ‘नाटकका लागि मैथिली बोलिरहँदा कतिखेर आत्मामै यो भाषाको बास भएको पत्तै भएन । हिजो आज त सपनापनि मैथिलीमै देखिन्छ,’ रिनाले भनिन् । केही सडक नाटकबाहेक अभिनयगर्ने कर्ममाअ चेल उनी सक्रिय छैनन् । तर, रामकलीभएर पटकपटक मैथिल पात्र बन्ने उनको चाहना सकिएको छैन । बिहापछि राजधानीमा घरजम गरिरहँदा नाटक खेल्ने लालसाज्युँकात्युँ छ । ‘राजधानीमा मैथिली नाटक थोरै मात्र मञ्चन हुन्छन्, कलाकारको अभाव छैन । यस्तोमा समय जुरेको बेलाअवसर पाउन मुस्किल हुन्छ,’ उनले थपिन् ।
एक वर्षअघि रंगमञ्चमा देखिएकी सर्लाहीकी सरस्वती अधिकारीपनि मैथिली रंगमञ्चमा मैथिली संवादबोल्दै मैथिल महिलाका रूपमा गर्ने अभिनयबाट दर्शकलाई हतप्रभतुल्याइ दिने कलाकार हुन् । मैथिली नाटक काशीदेवीमा सहिद दुर्गानन्द झाकी विधुवी आमाको भूमिका निर्वाह गर्ने सरस्वतीले नाटकमा रंगमञ्चीय उष्णता बनाइरहिन् । शुद्ध मैथिलीका कठिन शब्द नबिगारिकन स्वाभाविक लयमा बोलिरहँदा सरस्वती नेपालीभाषी हुन् भन्ने अनुमान सम्म गर्न कठिन हुन्छ दर्शकलाई । पात्र परिचयका बेलाउनी अधिकारी थरकी हुन् भन्ने भेउ पाउँदा दर्शक दंग पर्छन् । अंग्रेजीमा स्नातकोत्तर सरस्वतीको परिवेश कुनै पनि दृष्टिले मिथिलाञ्चल समाजसँग मिल्दोजुल्दो छैन । तराईको सर्लाही माउनको घरछेउ मैथिली भाषी बस्ती छैनन् । तर उनले काशीदेवी अघि मधेशकै ‘टोन’माबोल्नुपर्ने नाटक लूका नुसरतकी आमा रजिया बनिन्।
घोडचढीमा पनिउनले निर्वाह गरेकीचरित्र तराई परिवेशकै थियो । लूमाबिल्कुलमस्लिममहिलाले बोल्नुपर्ने उर्दु टोनमा संवादगर्नुपर्ने थियो । जसका लागि उनी काठमाडौंको बागबजारस्थित मद्रसामा पुगेर उर्दु बोल्न सिक्ने कोसिस गरिन् । ‘मैथिलीको टोन समात्न सकिनँ कि भनेर काशीदेवी रिरहँदा हरेस खाइसकेकी थिएँ तर घरभित्र र बाहिर सबैसँग मैथिलीमै कुरा गरिरहँदा अब सक्छु भन्ने भयो । भाषा भन्दा पनि मलाई टोनसँग डर थियो । म कुनै पनि हालतमा मैथिलीको मिठास गुमाउनचाहेको थिइनँ,’ सरस्वतीले भनिन् । उनको मैथिली मिठास नै थियो, जसले उनलाई काशीदेवीमा सर्वाधिक सशक्त कलाकारका रूपमा परिचय दियो ।
मैथिली भाषाका नाटक भाषाका कारणले मात्र पृथक रहँदैन।
परिवेशजन्य मौलिकता र विशिष्ठताका कारण पनि भिन्न हुन्छन् अन्यभाषाका नाटकभन्दा । मैथिली नाटकमा लालीगुराँसको स्वादकमै भेटिन्छ वा भेटिँदैन । डाँडाकाडा वा सिरानघरका घटना देखिँदैनन् । चौरी गाई नदेखिने यो भाषाका नाटकमा लहलहाउँदो धानवा सस्र्यु खेत देखिन्छ । पोखरी देखिन्छन् । हुलकाहुल मान्छे देखिने चौक चौराहा र मेलाहाट देखिन्छन् । परालले छाएको घर र कुटोकोदालो र खनजोत गर्दै गरेका किसान देखिन्छन्।
मन्दिर मस्जिदमा सुनिने रामनाम र अजान सुनिन्छन् । ‘हो, यो परिवेशको संवेदनालाई मैथिली रंगमञ्चमा बाँचेकी छु,,’ कुनै बेला चर्चाको शिखरमा रहेकी मैथिली रंगमञ्चकी कलाकार पुनम ढकाल भन्छिन् । मलंगियाका ‘छुतहा घैल’ र ‘ओ खालीमुह देखे छे’ जस्ता नाटकमा बडो संयमित र नियन्त्रित भएर अभिनय गरेकी पुनम मधेश आन्दोलनपछि बसाइँ सरेसँगै नाटक यात्रामा अल्पविराम दिएकी छिन् । मैथिली नाटकमा देखिने उनको इच्छा अझै पहिलेजस्तै छ । ‘बिहापछि घर व्यवहारमा लागियो ।समय नै भएन । अब माइती फर्कनुपर्ला,’ मैथिली रंगमञ्चलाई माइतको संज्ञा दिने पुनमले भनिन्।
नाटक काशीदेवी मै चार फरक भूमिकामा देखिएकी थिइन सुरभि सापकोटा ।महारानी र नेताका भूमिका देखिएकी नेपाली नै बोल्नुपरे पनिकुनै पात्रका रूपमाउनले मैथिलीभाषाको प्रयोग गर्नुपरेन । तर, मैथिली बोल्ने कलाकारको बोली बुझ्नुपर्यो र त्यसअनुरूप प्रतिक्रिया दिनुपर्यो । ‘रिहर्सल गर्नेक्रममा अरू पात्रले मैथिलीमा कै भन्दैछन् भने बुझेँ र त्यसअनुसार फर्काएँ,’पारिवारिक पृष्ठभूमिका कारण नाट्यक्षेत्रमाआएकीउनले भनिन् । यो नाटकपछि सुरभिलाई मैथिलीमा संवाद बोल्ने गरी मैथिली रंगमञ्चमा राम्रो गर्ने आत्मविश्वास पलाएको छ । ‘कलाकारको काम नै नक्कल गर्ने हो । झन् म मैथिलीभाषी परिवेशमै हुर्किएकीले यो रंगमञ्चमा राम्रो गर्नुसक्छु,,’ सुरभिले प्रस्ट्याइन्।
महिला पात्र मैथिली रंगमञ्च विकासको एउटा यस्तो सर्त थियो, जसलाई पूरा नगरी कुनै पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिदैन्थ्यो । रंगकर्मको वैविध्य र रचनात्मक स्तर बढाउने नेपाली भाषी कलाकारको आगमन र अटूटता अनिवार्य बनेको छ । प्रख्यात रंगकर्मी प्रियंका भन्छिन्, ‘रंगमञ्चमा पात्र विन्यासको परम्परागत धारणा चुडिँदैछ । जसको सुविधा मैथिली रंगमञ्चलाई प्राप्तभएको छ । गैर मैथिली भाषी कलाकारले पूरै सुझबुझका साथ रंगमञ्चमा पात्र उतार्ने चेष्टा गरेका छन्।’
प्रकाशित: ५ फाल्गुन २०७४ ०२:०७ शनिबार