सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। उक्त गाउँपालिकाको वडा नं-२ मालिङमा निर्मित भवनको उनले बिहीबार उद्घाटन गरेका हुन्।
गण्डकी प्रदेश सरकारको दुई करोड र गाउँपालिकाको दुई करोड गरी चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए।
भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ। नवनिर्मित भवनमा ३६ कोठा छन्।
प्रकाशित: ४ पुस २०८१ १६:२६ बिहीबार