८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश २ का अस्पतालमा ४ सय १७ दरबन्दी थप

प्रदेश सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ।

संक्रमण नियन्त्रण गर्न थप कडाइ गर्छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको नियन्त्रणको लागि सरकार लागि परेको बताउँदै सर्वसाधरणलाई नआत्तिकन यस अभियानमा साथ दिन आगंह गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन्।

उदयपुरमा काेराेना तीव्रः सांसद राई संक्रमित

गतवर्ष पहिलो कोभिड महामारीको ‘इपिसेन्टर’ हुन पुगेको उदयपुरमा दोस्रो चरणको संक्रमणले पनि गाँज्दै गएको अनुमान गरिएको छ ।

‘महामारी फैलिनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार’

घरमै बसेर धेरै बिरामीको उपचार हुन सक्ने भए पनि धेरैजना अस्पताल जाँदा स्वास्थ्य सेवा प्रणालीमा अत्यधिक चाप परेको संगठनका प्रवक्ता जासारेभिकले बताए। कोभिड–१९ का बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालमा उपचार आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी स्क्रिनिङ र बिरामीको प्राथमिकीकरणले आवश्यक हेरचाह हुन सक्ने बताए।

१६ गतेदेखि यी क्षेत्रमात्रै खुल्छन्

विज्ञप्तिअनुसार सभासम्मेलन र मनोरञ्जन क्षेत्रहरू सञ्चालन गर्न पाइनेछैन। विवाह, व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गरेर सहभागी हुन पाउने र अनुमति लिएर मात्रै गर्न दिने निर्णय भएको छ। त्यस्तै, अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारीसाधन २२ गतेसम्म सञ्चालन गर्न पाइनेछैन।

अक्सिजन दिनुपर्ने बिरामी बढे

कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्।

कोरोना महामारीमा अब्बल साबित टेकु अस्पताल

‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए ।

कोरोना महामारी स्वास्थ्यका लागि अवसर

धौलागिरि अञ्चल अस्पतालले भेन्टिलेटरर आइसियु सेवा दिलाउने उपकरण हात पार्न कोरोना भाइरसको संक्रमण नै कुर्नुपर्‍यो। कोरोना भाइरस नै अस्पतालका लागि उपकरण हात पार्ने अवसर बन्यो। कोरोना संक्रमण नफैलिँदो हो त अस्पतालले अझै केही समय यी उपकरणर सुविधा पाउने थिएन।

कोरोना महामारीसँगै सुध्रियो सुदूरको स्वास्थ्य

कोरोनाअघि सुदूरपश्चिमका सरकारी अस्पतालमा ७ सय ३७ वटा जनरल बेड रहेकोमा कोरोनापछि २ सय १५ बेड थप गरेर ९ सय ५२ बेड बनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका जिल्ला अस्पताल, कोभिड अस्पताललगायत अन्य अस्पतालमा बेड संख्या थप गरिएको हो ।

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।

महामारी नियन्त्रणमा गम्भीर बन

महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ।

कोरोना महामारीः फुलवारी मेलामा बेपरवाह भीड, प्रशासनको निर्देशन कागजमै सीमित

पोहोर भदौ महिनाको अन्तसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए। आश्विनको अन्तमा सबै जिल्लाको ‘हटस्पट’ ट्याग हट्यो तर सिरहामा झुन्डिरह्यो। कारण थियो–सीमादेखि सहरसम्म बेपरवाह भीड।

साढे सात अर्बले घट्यो बैंकको नाफा

कोरोनाका कारण सुरुमा लगाइएको लकडाउनले केही महिना बैंकहरूले कर्जा लगानी गर्न सकेनन्। ‘कर्जा लगानी हुन नसकी तरलता थुप्रनु भनेको खर्चको भार थपिनु हो,’ एक बैंकरले भने, ‘त्यतिखेर ऋण प्रवाह गर्न नसके पनि बचतकर्तालाई ब्याज दिनु पर्‍यो।’ यद्यपि माघ महिनापछि कर्जाको माग बढ्दै गइरहेको छ।

कोरोना महामारीको दुश्चक्र: विपन्नको झनै बिजोग

कोरोना महामारी सुरु भएसँगै लामो समय आम्दानीको स्रोत गुमाएका शर्मिला, रञ्जत र सुष्मा प्रतिनिधि पात्रमात्र हुन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिँदा विभिन्न क्षेत्रमा हजारौंले रोजगारी गुमाए। यसले खासगरी दिनभरि कमाउने र त्यसैले दुई छाक टार्ने वर्गलाई बिचल्ली बनायो। अलिअलि बचत गर्नेहरू पनि महिनौं कामविहीन बन्दा थाप्लोमा ऋणको भारी बोक्न बाध्य भए।

महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्