८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।

महामारीमाझ उठ्न लागेको विस्काःजात्रा

पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेका बेला यो राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तर, उपत्यकाको राजनीतिक विखण्डन लगायत वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि, भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो।

खर्च हुन सकेन श्रमिक उद्धारमा छुट्ट्याएको ७५ करोड

विनियोजित बजेटबाट गरिने निःशुल्क उद्धारको प्रक्रियामा कठिन प्रावधान राखिएपछि समस्यामा परेकाले उक्त सुविधा लिन नसकेको भुक्तभोगी बताउँछन्। असार १ मा सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका कामदारको निःशुल्क उद्धार गर्न आदेश दिएपछि बोर्डले कल्याणकारी कोषको ७५ करोड रूपैयाँ उद्धारमा लगाउन छुट्ट्याको थियो।

भारतबाट नेपाल आउन सीमानाकामा कडाइ

पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।

भविष्यमा आउन सक्ने महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

प्रतिनिधिसभा,शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ। कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दै प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो।

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ।

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन्। कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ।

टोकियो ओलम्पिक: विदेशी समर्थकलाई मैदानमा प्रवेश निषेध

जापान सरकारको यो निर्णयसँगै ओलम्पिक र पारा ओलम्पिक आयोजकले भने प्रतियोगितामा टिकट ककसलाई दिने बारे स्पष्ट भएको जनाएका छन्। साथै उनीहरूले प्रतियोगिता थप सुरक्षित हुने र प्रतियोगितामा सहभागी खेलाडी र जापानी नागरिकमाथि पनि जोखिम कम हुने प्रतिक्रिया दिएका छन्।

मधेस-पहाड पर्यटनः थलिएको पर्यटनलाई लयमा फर्काउन सकस

कोरोना महामारीअघि विश्वप्रसिद्ध फोबर्स म्यागजिनले सार्वजनिक गरेको १० देशको सूचीमा नेपाल पहिलो स्थानमा थियो। अहिले महामारीको प्रभाव कम हुँदै गए पनि मुलुकको पर्यटन अझै लयमा फर्कन सकेको छैन।

कोभिड पन्छाउँदै लक्ष्य चुम्ने योजनामा उदयपुर सिमेन्ट

विश्व महामारी कोभिडका कारण थलिए पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले बिस्तारै तङ्ग्रिन थालेको छ। लकडाउनले ५ महिना थलिएको उद्योग भदौदेखि आंशिक सुचारु हुँदै वार्षिक लक्ष्य चुम्ने योजनाका साथ अघि बढेको छ।

पर्वतारोहणमा सुधारको संकेत

कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको हिमाली पर्यटन क्षेत्रमा यस वर्ष भने केही सुखद संकेत दखिन थालेको छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको जारी सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्याले आरोहण चलायमान हुन सक्ने संकेत देखिएको छ।

केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यु घोषणा

केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।

वैदेशिक रोजगारीः कोरोना महामारीमा पनि रोकिएन ठगी

कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि ठगिने क्रम भने कायमै छ। अप्ठेरोका बेला समेत ठगिने क्रम नरोकिएपछि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ठोस र नयाँ योजना अघि सार्नुपर्ने आवाज उठेको छ।

कोभिडले ८ सय निजी विद्यालय बन्द हुने अवस्थामा

कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ। कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।

कोरोना महामारीमा बैंकहरूले दिए १३ अर्ब ब्याज छुट

कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रूपैयाँ बराबरको ब्याज छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशन अनुसार यस्तो छुट दिएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरूले छुट दिएका कारण यो वर्ष बैंकहरूको आम्दानी केही घट्न पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्