८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट नेपाल आउन सीमानाकामा कडाइ

फाइल तस्बिर

पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।

सुनसरीको बर्जु, देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिका खुला रूपमा भारतसँग सिमा जोडिएको क्षेत्रमा पर्छ। यी क्षेत्रमा भारतबाट नेपाललाई सीमास्थलमा चेकजाँच गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

सरकारी नियमनकारी निकायले सीमा नाकामा आवाताजावत गर्दा कोरोनाको खतरा भएको भन्दै उच्च स्वास्थ्य सुरक्षा अपनाउन निर्देशन दिएको छ। जसले गर्दा सुनसरीको कोसी गाउँपालिकाको भन्टाबारी नाकामा स्वास्थ्यकर्मीको टोली राखेर चेकजाँच गर्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी मेहषकुमार पोखरेलले बताए।  

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंका अनुसार, भण्टाबारीबाहेक अन्य स्थानमा पनि दुई दिनपछिबाट भारतबाट नेपाल आउनेलाई चेकजाँच गर्न थाल्ने बताए। गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई कोरोना महामारी जुनसुकै बेला हुन सक्ने भन्दै पूर्वतयारीमा लाग्न चैत ११ गते नै परिपत्र गरिसकेको छ। यसका साथै सम्बन्धित जिल्लामा क्वारेन्टाइन र आइसोलेसन पनि अद्यावधिक गर्न सरकारले निर्देशन गरिसकेको छ। सुनसरीमा ६५ किलोमिटर खुल्ला सीमना पर्छ।

प्रकाशित: १६ चैत्र २०७७ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App