फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेन जस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौं–‘फ्रान्सको टुकुचा’।
वर्तमानमा सो मल्लकालीन परम्परा उल्लंघन भई थनेको तचपाः टोलसम्म र क्वनेको भार्वाचोसम्म लाने गरेको देखिन्छ । यदि पुरानै मल्लकालीन परम्परा अनुसार उक्त इलाकासम्म रथ चलाउने हो भने विस्काः जात्रामा भित्रिएको विकृति स्वतः हट्ने कुरामा दुईमत नहोला ।
माथि छानामा बसेको एक्लो परेवा हेर्दा लाग्छ, त्यो मेरै मनको वेग हो छानामुनिको पाटीलाई भौतिकवादी दृष्टिले हेर्दा लाग्छ यो संसारकै सबभन्दा सानो विश्रामस्थल हो।
पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेका बेला यो राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तर, उपत्यकाको राजनीतिक विखण्डन लगायत वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि, भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो।