८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना महामारीमा किन बढिरहेको छ सेयर बजार ?

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।

कोरोना महामारीले ६ हजार आयोजनाको काम प्रभावित

कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित हुनेमा राष्ट्रिय गौरवका ठूलादेखि स–साना आयोजना समेत छन्।

महामारीमा चुनाव अर्थहीन

सर्वसाधारण सरकारले महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गरेको प्रति पटक्कै खुसी छैनन्। यो बेला सरकारको ध्यान र प्राथमिकता चुनावभन्दा महामारीबाट जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने नागरिकको भनाइ छ। सामाजिक सञ्जालमा पनि जनताको ज्यान बचाउन छाडेर सरकारले चुनाव घोषणा गरेको भन्दै असन्तुष्टि प्रकट भएको छ।

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्रीअन्तर्गत सर्जिकल मास्क, फेस सिल्ड र ग्लोभ्स रहेका छन्। यसअघि यूएसएडले १ सयको संख्यामा भेन्टिलेटर, कोभिड १९ टेस्ट किट, अक्सिजनसँग सम्बन्धित सामग्री, पिपिइ तथा अन्य स्वास्थ्य उपकरणहरु पठाएका थिए।

सहअध्यक्ष पौडेलद्वारा १० थान अक्सिजन सिलिन्डर सहयोग

कोभिड–१९ को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

महामारी नियन्त्रण गर्न संकटकाल लगाउन सकिने

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेसँगै स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई बाटो खुलेको हो।

महामारीमा राष्ट्रिय सहमति

बिकिसकेका, चुकिसकेका, झुकिसकेका र बिग्रिसकेका ‘नेता’ हरूको नालायकीबाट निर्दोष जनता र राष्ट्रले शासनको नाममा दण्डित हुनुपरेको छ।

महामारीमा पेट्रोलियममा पनि मार

कोरोना महामारीबीच आर्थिक क्रियाकलापमा कमी आए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः बढ्न थालेको छ। यसले विश्वभर पेट्रोलियम पदार्थको भाउ उकालो लागेको छ। आफ्नै उत्पादन भएका मुलुकले मूल्य आकाशिन नदिन विभिन्न उपाय अपनाएका छन्।

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

गाउँमा कोरोना महामारी, स्थानीय तह रमिते

हिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँ, गाउँमा पुगेर एन्टीजन परीक्षण गरिरहेको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा ग्रामिण क्षेत्रमा कोरोना पुगिसकेको बताउँछन्। यहाँका कुनाकन्दरा सम्मै कोरोना संक्रमण फैलिएको पाइएको छ।

राज्य संवेदनशील नहुँदा संक्रमितको ज्यान गुम्यो: सर्वोच्च

सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणमा राज्य संवेदनशील हुन नसक्दा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपरेको निष्कर्षसहित उपचारसम्बन्धी विस्तृत कार्ययोजना ७ दिनभित्र बनाउन सरकारलाई आदेश दिएको छ।

मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर सहयोग

कोरोना महामारीको कठिन परिस्थिीमा मेट लाइफ संस्थाले ५० हजार अमेरिकी डलरको सहयोग गर्ने भएको छ।

महामारीमा बैंक तथा वित्तीय संस्थाको कर्जा साढे २२ प्रतिशतले वृद्धि

महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भने, ‘महामारीको अवस्था नआएको भए पक्कै पनि बैंकहरूको कार्य सम्पादन अझै निकै उत्कृष्ठ हुन्थ्यो।’

राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ।

महामारीमा प्रचारमुखी स्थानीय सरकार

रुपन्देहीमा कोरोना संक्रमणले भयावह रुप लिएको छ। यहाँका कोभिड अस्पतलाहरु संक्रमितले भरीभराउ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्