८ आश्विन २०८१ मंगलबार
image/svg+xml

महामारीमा नेपाल युथ फाउन्डेसनको अपिल

नेपालमा कोरोना महामारीको दोस्रो लहर चलेसंगै स्वास्थ्य उपकरणको अभाव बढ्दै गएको छ। कोरोना संक्रमण भएका विरामीले विभिन्न अभावहरुको सामाना गर्दै आइरहेका छन्।

प्रदेशबाट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो।

कोरोना महामारीपछि बढेकाे रेमिटेन्स: नौ महिनामा सात खर्ब २९ अर्ब

कोरोना महामारीपछि वृद्धि भइरहेको रेमिटेन्स पछिल्लो समयमा पनि बढ्ने क्रम जारी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा रेमिटेन्स साढे १६ प्रतिशतले बढेको छ।

सरकार एक सिलिन्डर ग्यास दे !

कोरोना भाइरस महामारीको यो दुष्चक्रका निम्ति भने ओली सरकार पूरापुर जिम्मेवार छ। स्वास्थ्य स्थितिका कारण मुलुक यतिबेला रुग्ण बनेको छ। यो सरकारले आमनागरिकको स्वास्थ्यलाई आश्वस्त पार्न योबीच काम गर्नै सकेन।

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

महामारीमा उपमेयर राईको गाडी नै एम्बूलेन्स !

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् ।

वर्तमान महामारीपछिको स्वास्थ्य

जसरी ‘मास्क’ ले कोरोनाबाट बचाउँछ त्यसरी नै स्वस्थ जीवन यापनको आदतले मुटु रोगबाट जोगाउँछ भन्ने यथार्थप्रति सबैले ध्यान दिन आवश्यक छ।

बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न कांग्रेसको माग

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो ।

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् ।

घरघरमा पुगी उपचार गर्दै स्वास्थ्यकर्मी

चारैतिर स्वास्थ्य समस्या भएको बिरामीले स्वास्थ्यकर्मीको उपचार नपाइरहेको अवस्थामा रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मीले गाउँगाउँ र टोलमा पुगेर बिरामीको औषधोपचार गरिरहेका छन्।

खोपतालिका सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

भारतमा एकै दिन तीन हजार ७ सय बढीको मृत्यु, तीन लाख ८२ हजार संक्रमित

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ८० जनाको मृत्यु भएको छ। बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ।

ट्राभल हिस्ट्रीसमेत नभएका दम्पत्तीलाई कोरोना संक्रमण

ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्