१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेशबाट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो। प्रदेशबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्।  

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको ३ सय थान भिटिएम, १ हजार थान मास्क, पाँच सय एमएलको २० थान ह्याण्ड सेनीटाइजर, ३ सय थान गाउन सेट, २० थान इन्फ्रारेड थर्मोमिटर र ५/५ लिटरको २ जार सोडिएम हाइपोक्लोराइट सोलुसन प्राप्त भएको हो। यस्तै, १५ थान जेनेरल बेड सेट र २ पिस पल्स अक्सिमिटर फिंगर टिप पनि आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सामाजिक विकास मन्त्री राईमार्फत् प्रदेशबाट आएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, एमाले नेता कुमार आचार्य लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो।  

प्रकाशित: ३० वैशाख २०७८ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App