८ आश्विन २०८१ मंगलबार
image/svg+xml

'नाम मात्रको' निषेधाज्ञाले जोखिम, अनुगमनकारी निकाय मौन

काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

कोरोना महामारीका कारण भोकमरीमा अत्यधिक वृद्धि

कोभिड–१९ को कारण यो बढोत्तरी भएकोे संघले जनाएको छ। भोकमरीको सम्पूर्ण मापन नभए पनि विश्वको कुल जनसंख्याको १० प्रतिशत अर्थात् ८१ करोड जनसंख्या गत वर्ष कुपोषणको सिकार भएका छन्। भोकमरीको यो वृद्धिले सन् २०३० सम्म विश्ववाट भोकमरी हटाउने संयुक्त राष्ट्र संघको उद्देश्य पूरा हुन ठूलो प्रयास गर्नुपर्ने देखिएको छ।

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ ।

पढाउन छोडी शिक्षक आन्दोलनमा

शिक्षकहरु पूर्व निर्धारित कार्यक्रममा सहभागी भएपछि विद्यार्थीको पढाइ छुटेको अभिभावकले गुनासो गरेका छन्।

वैदेशिक रोजगारी : अलमलमा पुनर्एकीकरण योजना

नेपालबाट रोजगारीको अवसर खोज्दै वार्षिक करिब पाँच लाखको संख्यामा बिदेसिन्थे। आर्थिक वर्ष २०७६/७७ को १० महिनामा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर एक लाख ९३ हजार आठ सय ८० नेपाली बिदेसिएका थिए भने चालु आवको सोही अवधिमा ७७ हजार १२ जना बिदेसिएको राष्ट्र बैंकले जनाएको छ।

बजेटमा युवा र रोजगारी

कोरोना महामारीको त्रासदी एवं राजनीतिक उत्तारचढावको बाबजुद अर्थमन्त्रीले १६ खर्ब ४७ अर्ब ५७ करोड अध्यादेश मार्फत बजेट सार्वजनिक गरे । त्यसैगरी सातै वटा प्रदेश सरकारले २ खर्ब ६१ अर्बको बजेट प्रस्तुत गरे ।

कोभिड महामारीका चुनौतीपूर्ण सहसंक्रमण

अझ त्यसमाथि हामीकहाँ सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसमेतमा जनचेतनामूलक भन्दा डर र त्रास उत्पन्न हुने किसिमका भ्रामक सन्देशले उचित स्थान पाएका छन्।

चित्र नष्ट गर्नु कलाकारको अपमान होः कांग्रेस

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन्।

कोरोना महामारीमा स्वावलम्बनको राहत

कोरोना महामारीमा संकटमा परेका अतिविपन्न नागरिकलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड जुम्लाले राहत उपलब्ध गराएको छ ।

पिटर्सबर्गमा महामारी उच्च बिन्दुमा: संकटमा क्वार्टरफाइनल

युरो कप २०२० को आयोजना गरेको सेन्ट पिटर्सबर्गमा शनिबार कोभिड–१९ महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको तथ्यांकले देखाएको छ। सेन्ट पिटर्सबर्गमा युरो कप २०२० को ६ खेल सञ्चालन भइसकेका छन् भने आगामी शुक्रबार क्वार्टरफाइनल खेल पनि सञ्चालन हुँदै छ।

नगरपालिकामा 'एक शिक्षक : एक ल्यापटप' कार्यक्रम: शिक्षक भए खुसी!

‘अहिले भौतिक उपस्थितिमा पठनपाठन गराउन सकिने अवस्था छैन, त्यस कुरालाई मध्यनजर गरी हामीले तत्कालै लागू हुने गरी यो नीति ल्याएका छौं, यसले शिक्षाको ग्याप कम गर्न सजिलो हुन्छ,’ नगरप्रमुख थापाले भने।

नेपाललाई इटालीले दियो स्वास्थ्य सामग्री

शुक्रबार विहान नेपाल आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् रहेका छन्।

अक्सिजन प्लान्ट अझै अनिश्चित

दोस्रो लहरको कोभिड–१९ महामारीका बेला अक्सिजन प्लान्ट जडान गर्न पूर्वीपहाडी जिल्लालाई बजेट छुट्टिएपनि कार्यान्वयन अनिश्चित बनेको छ। प्लान्टका लागि दररेट नै पेश हुन नसक्दा खरिदप्रक्रिया अघि बढ्न नसकेको हो ।

महामारीले श्रमिक थप मारमा

सोमबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै श्रमिकको हक र हितको पक्षमा काम गर्दै आएकाहरूले महामारीमा विदेशिएकाहरू पहिलाको तुलनामा बढी मारमा परे पनि उनीहरूलाई सहयोग प्राप्त हुन नसकेको गुनासो गरे।

तेस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न उच्च अदालतमा रिट

परमादेशको माग गर्दै अधिवक्ता सुनीलकुमार श्रेष्ठ, बसन्त गौतम, सुरेशकुमार गौतम, लोकबहादुर शाह, बलबहादुर चन्द, विकाश आचार्य र अमृता केसी लगायतले संयुक्त रुपमा रिट दायर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्