११ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

पढाउन छोडी शिक्षक आन्दोलनमा

काठमाडौँको शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिँदै शिक्षकहरु। तस्बिर सौजन्य : नारायण गौतमको फेसबुकबाट

कोरोना महामारीको कारण भौतिक उपस्थितिमा पठनपाठन हुन सकिरहेको छैन। विद्यार्थीहरुलाई पठनपाठन क्रियाकलापसँग जोड्नका लागि सरकारले वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन दिएका छन्।  

सो निर्देशनको बेवास्ता गरी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले विगतमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएकोे ३० वुंदे सहमति कार्यन्वयन गर्न माग गर्दै आज धर्ना कार्यक्रम तय गरेका छन्।  

शिक्षक महासंघको आह्वानमा शुक्रबार जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने कार्यक्रम तय भएपछि विद्यार्थीको पढ्न पाउने अधिकारलाई बेवास्ता गर्दै धर्नामा बसेका हुन्।  

उनीहरुले ३४ सुत्रीय शैक्षिक र पेशागत माग र मुद्दाह?का साथै शिक्षक तथा कर्मचारीहरुलाई कोभिड १९ को भ्याक्सिनको माग समेत गरेका छन्। सो धर्नामा विभिन्न राजनीतिक दल निकट शिक्षक संघ, संगठनको पनि एक्यवद्धता तथा सहभागिता रहेको छ।

शिक्षकहरु पूर्व निर्धारित कार्यक्रममा सहभागी भएपछि विद्यार्थीको पढाइ छुटेको अभिभावकले गुनासो गरेका छन्। ‘बल्ल, बल्ल पढन् सुरु गरेका थिए, कहिले के, कहिले के भनेर शिक्षकहरु बहाना बनाएर कक्षामा नबस्दा विद्यार्थीलाई समस्या भएको छ’ अभिभावक रमेश खड्काले भने।

प्रकाशित: २५ असार २०७८ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App