६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चित्र नष्ट गर्नु कलाकारको अपमान होः कांग्रेस

नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ। कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि यहाँको एक पर्खालमा निर्माण गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन्।

'अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ। लिखित अनुमति लिएर, अग्रमोर्चामा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाइ होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन', उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। काठमाडौको अनेक स्थानमा थुिप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित उल्लेख गरेका छन्।

प्रकाशित: १७ असार २०७८ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App