१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपाललाई इटालीले दियो स्वास्थ्य सामग्री

कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि नेपाललाई इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्रीहरु युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् पठाइएको हो।

शुक्रबार विहान नेपाल आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् रहेका छन्। ‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडार्इंमा अग्रपंक्तिमा रहेको छ। यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ।’ नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डि लुकाले भने।

‘लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपलालाई यस्तो सहयोग प्रदान गरिरहेका छन्। यी  स्वास्थ्य सामग्रीहरुले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्याउने छ।’ नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले भनिन्। 

प्रकाशित: ११ असार २०७८ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App