१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

धरानको मेयर उम्मेदवार खोज्दै हर्क साम्पाङ, आकांक्षीलाई भेट्न बोलाए

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार खोज्न सुरु गरेका छन्।

दुई दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “अब २०८४ सालमा हुने स्थानीय चुनावमा कसलाई धरानको मेयरको टिकट दिँदा राम्रो होला ?” भन्दै सुझाव मागेका थिए।

अर्को पोस्टमा उनले चुनावी टिकट दिँदा एक पैसा पनि नलिई इमान्दार, सक्षम र समाजसेवी व्यक्तिलाई उम्मेदवार बनाउने बताएका छन्। उनले लेखेका छन्, “टिकट बेचेर भ्रष्टाचारको बीऊ नरोप्नु नै हो हर्कवाद।”

यसअघि २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङ धरानको मेयर निर्वाचित भएका थिए। तर कार्यकालकै बीचमा संसदीय चुनाव लड्न उनले पदबाट राजीनामा दिएका थिए। हाल धरानको मेयर पद रिक्त छ भने उपमेयरले कायममुकायम जिम्मेवारी सम्हालिरहेकी छन्।

साम्पाङले आज पुनः फेसबुकमार्फत मेयर पदका आकांक्षीलाई भोलि बिहान ६:३० बजे ग्रीन टिमा उपस्थित हुन आह्वान गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८३ २१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App