२३ श्रावण २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न मुख्यमन्त्री आचार्यको आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न आह्वान गरेका छन्।

उनले आज जारी गरेको शुभकामना सन्देशमो गौतम बुद्धका उपदेशलाई आत्मसात् गर्नसके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले विश्वशान्तिका प्रतीक भगवान् बुद्धको जन्मस्थल लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको उल्लेख गर्दै सन्देशमा यसको संरक्षण र विकासमा लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १८ वैशाख २०८३ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App