११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पोखरा म्याराथन: आर्मीका धावकको वर्चस्व

१५औं संस्करणको पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावकले वर्चस्व कायम गरेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न पोखरा म्याराथनको उपाधि उचाल्दै धावक राजन रोकायाले आर्मीको एथलेटिक्समा गर्विलो शाखलाई जोगाइराखे।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुरु

पोखरालाई खेलकुद सहरको रुपमा पहिचान दिलाउने उद्देश्य सहित आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शुरु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार हुँदै

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता नहुने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी शुरु

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी थालिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।

नेपालगन्ज म्याराथनः गोपी र पुष्पा च्याम्पियन

शनिबार नेपालगन्जमा भएको प्रतियोगितामा पहिलो भएका गोपी जापानमा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट हुन सफल भएका छन्।

छैठौं नेपालगन्ज म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा

छैठौं नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ। क्रियटिभ ह्यान्ड्सले मंसिर ६ गते शनिबार उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।

मंसिर ६ गते नेपालगन्ज म्याराथन हुँदै

कोरोना कारण इभेन्ट्सलाई घटाउँदै छैटौ नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ। पश्चिम नेपालमा हुने गरेको प्रमुख म्याराथनको रुपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ।

मिनि म्याराथनमा सुर्यराज प्रथम

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित मिनि म्याराथन प्रतियोगीतामा सुर्यराज राई प्रथम भएका छन्। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि फागुन १३ गतेदेखि जारी बहानेपोखरी महोत्सवको अवशरमा शुक्रबार आयोजित मिनि म्याराथन प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–३ बाँसपानीका सुर्यराज प्रथम भएका हुन्।

पाथीभरा महिला हाफ म्याराथनको उपाधि सुनमायालाई

ताप्लेजुङमा भएको हाफ महिला पाथीभरा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। त्रिभुवन आर्मीका सरिता बासी दोस्रो भएकी छन्।

पाथीभरा म्याराथन सुरु

पाथीभरा म्याराथन सुरु भएको छ। खुल्लामा ताप्लेजुङको फुङ्लिङबाट पाथीभरा डाँडासम्म र महिला हाफ म्याराथनतर्फ फुङ्लिङबाट काफ्लेपाटीसम्म पुगेर फुङ्लिङसम्म फर्कने गरी म्याराथन सुरु भएको हो।

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्