१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

मिनि म्याराथनमा सुर्यराज प्रथम

बहानेपोखरी महोत्सवको अवसरमा आयोजित मिनि म्याराथनका विजेता प्रतियोगी । तस्बिर : नागरिक

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित मिनि म्याराथन प्रतियोगीतामा सुर्यराज राई प्रथम भएका छन्। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि फागुन १३ गतेदेखि जारी बहानेपोखरी महोत्सवको अवशरमा शुक्रबार आयोजित मिनि म्याराथन प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–३ बाँसपानीका सुर्यराज प्रथम भएका हुन्। उनले मिनि म्याराथनका लागि निर्धारण गरिएको राखाबांदेलको वडा कार्यालयदेखि बहानेपोखरीडाँडासम्मको १७ किलोमिटर दुरी ५७ मिनेटमा पार गर्दै प्रथम स्थान ओगटेका हुन्।

प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका ज्ञानेन्द्र राई दोश्रो र ओखलढुंगाका दिपक खत्री तेश्रो भएको आयोजकले जनाएको छ। ज्ञानेन्द्रले ५८ मिनेट र दिपकले १ घण्टा २ मिनेटमा दुरी पार गरेको आयोजकले जनाएको छ। मिनि म्याराथनका विजेतालाई महोत्सव समापनको अवशरमा शनिबार क्रमशः २० हजार, १५ हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने छ। महोत्सवको अवसरमा महिला तथा पुरुष भलिबल, डबल व्याडमिन्टन, चेस, लोकदोहोरी लगायतका प्रतियोगीता सञ्चालन भइरहेको छ।

पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पाँच दिने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, स्थानीय खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम भइरहेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।
 

प्रकाशित: १६ फाल्गुन २०७६ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App