४ वैशाख २०८१ मंगलबार
खेल

पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता नहुने

एक महिनापछि पोखरा म्याराथन हुदैंछ । अन्तर्राष्ट्रिय संस्करणको यो दोस्रो प्रतियोगिताको रुपमा रहनेछ । यद्यपी विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।  

‘गतवर्ष जापानीज धावकले जितेका थिए । तर यो वर्ष जापानीज धावक आउने सम्भावना कम छ । अन्य विदेशी धावकहरु पनि सहभागिता कम हुने सम्भावना छ । पत्राचार भने हामीले गरिरहेका छौं,’ नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘सकेसम्म थोरै भएपनि विदेशी धावकलाई सहभागिता गराउने विश्वास हामीले लिएका छौं ।’  

इो वर्षको पहिलो म्याराथन नेपालगन्जमा आयोजना गरियो । दोस्रो तनहुँको ऋषिङमा आयोजना गरिएको थियो । तेस्रो एवं १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते शनिबार पोखरामा हुनेछ । पोखरा म्याराथनको पहिलो अन्तर्राष्ट्रिय संस्करणको पुरस्कार जापानीज धावक योसुके ताकानासीले आफ्नो नाममा लेखाएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल र नेपाल पुलिसका धावककै बर्चस्व रहदैं आएको छ ।  

१५ औं संस्करणसम्म आईपुग्दा १४ वषै अघि राखेको पोखरा म्याराथनको रेकर्ड भने तोडिएको छैन । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैठौं म्याराथनमा राखेको २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दै उपाधि जितेका हुन् । जुन समय अहिलेसम्म तोडिएको छैन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सिटी म्याराथनको अवधारणासँगै  २०५८ सालदेखि पोखरा म्याराथनको शुरुवात गरिएको थियो । मञ्चको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा आयोजित हुदैं आएको छ ।  १५ औं संस्करणको उपाधि विजेताले २ लाख रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानका धावकले १ लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । 

प्रकाशित: १ माघ २०७७ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App