९ असार २०८१ आइतबार
image/svg+xml
खेल

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

पोखरा – पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्। उनी म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय खेलाडी हुन्। उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहर धावक हुन्।

दोस्रो स्थानमा भने गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक जितेका किरण बोगटीले जितेका छन्। उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए।

तेस्रो स्थानमा भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापा आए। उनले २ घण्टा २९ मिनेटको पुरा गरे। चौथो स्थानमा भने गणेशसिंह ठकुरी रहे। म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सन्त्वना स्वरुप प्राप्त गरे।

१० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर रहे। महिला तर्फ इन्द्रकला राई धरान, अनिता राई सोलु र अमेरिकन धावक वेण्डीले तेस्रो स्थानमा रहिन्। उनीहरुले पुरस्कार स्वरुप १५, १० र ५ हजार नगद प्राप्त गरेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App