२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

चितवनमा ६६ किलो चरेससहित तीन भारतीय गिरफ्तार

चितवनमा प्रहरीले ६६ किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। भारतीय नम्बर प्लेटको जीपसहित प्रहरीले उनीहरुलाई शुक्रबार साँझ भरतपुरको रामनगरमा नियन्त्रणमा लिएको थियो।

राष्ट्रपतिले भारत भ्रमण गर्नु उचित हुन्छ

आफ्नो सरकार गिराउन चलखेल गरेको आरोपमा एमाले नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकार परिवर्तनसँगै फेरि भारतकै लागि राजदूत चयन भएका छन्। अब भारतीय नाकाबन्दीलाई बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गर्नुपर्ने धारणा राख्ने उपाध्यायले पदभार सम्हाल्न जाने तयारी गर्दैगर्दा 'तुष लिएर' मात्र फाइदा नहुने बताए।

भारतीय पक्षबाट चारपांग्रेमा रोक

भारतीय सुरक्षाकर्मीले पछिल्लो महिनादेखि नेपाल–भारत आवतजावत गर्ने नेपाली र भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाएका छन्। भारत-पाकिस्तानबीच तनाव बढेसँगै जिल्लाको छोटी भन्सार सिम्रौनगढ र मटिअर्वाबाट ओहोरदोहोर गर्ने नेपाली र भारतीय नम्बर प्लेटका सवारीसाधनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको जिल्लाका सुरक्षा अधिकारीले बताएका छन्।

भारतको संघर्ष जारी

चेतेश्वर पुजारा र मुरली विजयले शतक बनाएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले गतिलो जवाफ फर्काएको छ। उच्च स्कोर बनेको टेस्टको तेस्रो दिन शुक्रबार खेल सकिँदा घरेलु टोलीले ४ विकेट क्षतिमा ३ सय १९ रन बनाएको छ।

गृहमन्त्री निधिलाई भारतबाट छोराको प्रश्नः बाबा भारू नोट के गरम् ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच सय र हजारको भारतीय नोटमा लागेको प्रतिबन्धले नेपालीलाई समेत समस्यामा पारेको बताएका छन्। नेपालीसँग भएको भारतीय नोट फिर्ता गर्ने विषयमा पहल गर्नुपर्ने पनि उनले बताए।

इङ्ल्यान्डको भारतविरुद्ध ठूलो स्कोर

बेन स्टोक्स र मोइन अलीले शतक पूरा गरेपछि इङ्ल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा ५ सय ३७ रनको ठूलो योगफल खडा गरेको छ। कुनै पनि भ्रमणकारी टोलीले भारतविरुद्ध झन्डै पाँच वर्षयता बनाएको यो ठूलो स्कोर हो।

९ सय भारतीयलाई पछि पार्दै सोनीको सुपर डान्सरमा नेपालकी दिया 'टप टेन'मा

भारतीय टिभी च्यानलले सोनीले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन्।

भारतीय नोट प्रतिबन्धले तनावै तनाव

पाँच सय दरका भारतीय रुपैयाँ (भारु) का नोटमा प्रतिबन्ध लागेपछि नेपालमा पनि धेरैतिर असर परेको छ। यो प्रतिबन्ध भारतबाट नेपाल घुम्न आएका पर्यटक, सीमावर्ती अस्पतालमा उपचार गराउन आएका भारतीय नागरिक, ठूलो मात्रामा ती भारतीय नोट घरमा राख्नेसम्मका लागि तनावको विषय बनेको छ।

भारतीय पर्यटक समस्यामा

ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।

भारतीय सेनापति आउँदै

भारतीय स्थल सेनाप्रमुख दलवीर सिंह तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्दै छन्। प्रधान सेनापति राजेन्द्र क्षत्रीको निम्तोमा सिंह नेपाल आउन लागेका हुन्।

भारतीय सेनाध्यक्ष शुक्रबार नेपाल आउने

भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन्।

प्रतिबन्धित भारतीय नोट फिर्ता गर्न पहल शुरु

भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ।

पूर्वराजा सिंगापुर प्रस्थान, उतैबाट भारत जाने

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन्। सिंगापुरको केही दिनको बसाइपछि उनी भारततर्फ लाग्नेछन्। पूर्वराजाको सिंगापुर बसाइँको बन्दोबस्त मिलाउन आइतबारदेखि नै सिंगापुरमा छिन्।

संविधान संशोधनमा भारतीय सर्त

भारतको आशय र प्रभावमा २०१५ को, २०१९ को, २०४७ को र २०६३ को संविधान फालिएका छन् । २०७२ को संविधान पूर्णरूपमा कार्यान्वयन हुन नदिन मोदी/मुखर्जी सर्त पर्याप्त देखिएको छ । मुखर्जीले नरम भाषामा मोदीकै रागमात्र दोहोर्याए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्