२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जासुसीको आरोपमा ८ भारतीय अधिकारी पाकिस्तानबाट फिर्ता

जासुसीको आरोपमा पाकिस्तानले भारतीय उच्चायोगका ८ अधिकारीलाई भारत फिर्ता पठाएको छ। पकिस्तानले उनीहरुमाथि भारतीय खुफिया एजेन्सीको सदस्य भएर उनीहरुका लागि काम गरेको आरोप लगाएको छ।

अंगीकृत सोनिया बन्न सकिनन् भारतीय प्रधानमन्त्री

संविधान संशोधन तयारी भइरहँदा ‘अंगीकृत नागरिक’ को राजनीतिक हैसियत विवाद सतहमा आएको छ। असन्तुष्ट पक्षका माग सम्बोधन गर्न तयार पारिएको भनिएको संविधान संशोधन मस्यौदामा अंगीकृत नागरिकता लिएका व्यक्ति पनि त्यसको दस वर्षपछि राज्यका जुनसुकै उच्च पदमा बहाल हुन सक्ने गरी खुकुलो व्यवस्था राखिएको भन्दै त्यसको पक्ष र विपक्षमा बहस चर्किएको छ।

पाकिस्तानको फायरिङमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानले युद्धविराम तोड्दै फायरिङ गर्दा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले जम्मु र कस्मिरको सीमामा भएका फायरिङमा दुई सर्वसाधारण घाइते भएको जनाएका छन्।

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनमा छिमेकी देश भारतले षडयन्त्र गरिरहेको बताएका छन्। नेकपा एमाले खोटाङले आईतबार सुरु गरेको संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान कार्यक्रम उद्‍घाटन गर्दै महासचिव पोखरेलले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारत हाल कार्यान्वयन गर्न नदिन मरिमेटेर लागीपरेको आरोप लगाए।

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।

माछापुच्छ्रे देखेर लोभिए भारतीय राष्ट्रपति

गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन्। स्वराज सहितका पाहुना टोलीले त्यो बेला पोखराको सौन्दर्यको मन खोलेर प्रशंसा गरेका थिए।

तीन दिने भ्रमण पूरा गरी मुखर्जी भारत फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी शुक्रबार साँझ भारत फर्किएका छन्। मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गरिन्।

भर छैन भारतीय बिजुलीको

भारतबाट बिजुली किनेर आगामी हिउँदको विद्युत संकट घटाउने सरकारी कार्यक्रम कार्यान्वयन नहुने निश्चित भएको छ । खुलाबजारमा भारतले लगाएको रोक र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा ढिलाइले समस्या देखिएको हो।

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्राे हुन्। यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरे।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाैं विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन्।

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा

तीन दिने राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

नेपाल रेल्वेको जग्गामा भारतीय अतिक्रमण

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्