२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।

ओली भारतीय दूतावासको भोजमा गएनन्

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।

पशुपतिमा भारतीय राष्ट्रपतिले लाखबत्ती बाल्ने

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

राष्ट्रपति मुखर्जीलाई भारतीय दूतावासमा स्वागत

काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे।

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएकाे छ। त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

भारतीय राष्ट्रपतिको भव्य स्वागत (फोटो फिचर)

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्।

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।

भारतीय राष्ट्रपति नेपाल जाँदा लन्डन दूतावास बन्द नहुने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा  जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ। नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमितका काम यथावत राखेको हो।

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ।

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिन औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट मध्यान्ह १२: ३० राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन्। मुखर्जीलाइ स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा विशिष्ट व्यक्ति विमानस्थल पुगेका थिए।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

काश्मिरमा भएको बम र गोली प्रहारमा छ भारतीय नागरिकको मृत्यु

-पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय राष्ट्रपति अाज नेपाल आउँदै, भ्रमणकाे सम्पूर्ण तयारी पूरा

भारतका राष्ट्रपति प्रणव मुखर्जीको  अाजदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्