४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

फाइल तस्बिर ।

काठमाडौं–तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

राष्ट्रपति मुखर्जीसँगको भेटमा मोर्चाका नेताहरुले विगतमा भारतीय प्रतिनिधिकोसमेत उपस्थितिमा  सरकारसँग भएको आठ बुँदे सहमति कार्यान्वयन, संविधान संशोधनलगायत समसायमिक राजनीतिक विषयमा छलफल मोर्चाका नेताहरुले बताएका छन्। उनीहरुले आफूहरुको मागका विषयमा सरकारलाई लिखित रुपमा  बुझाएपनि सरकारले माग पूरा नगरेको भन्दै राष्ट्रपति मुखर्जीसँग छलफल हुने मोर्चाका एक नेताले जनाए। अन्तरिम संविधानले दिएको अधिकारसमेत नयाँ संविधानले खोसेको भन्दै मोर्चाका नेताले भारतीय राष्ट्रपतिसँग कुरा राख्ने नेताहरुले बताएका छन्।

‘विगतमा गिरिजाप्रसाद कोइरालाको सरकार र  मधेसी मोर्चाबीचको आठ बुँदे सहमति भारतीय प्रतिनिधिको रोहवरमा भएको थियो,’ तमसपाका अध्यक्ष महेन्द्र रायले भने,‘हामीले तीनै विषय कार्यान्वयन नभएकोप्रति उहाँसँग छलफल गर्नेछौं।’ मुखर्जीसँगको भेटमा मोर्चामा आबद्ध सातवटै दलका अध्यक्ष सहभागी हुने कार्यक्रम रहेको नेताहरुले बताएका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App