२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वराजा सिंगापुर प्रस्थान, उतैबाट भारत जाने

पूर्वराजा शाह त्रिभुवन विमानस्थलबाट सिंगापुर प्रस्थान गर्दै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन्। सिंगापुरको केही दिनको बसाइपछि उनी भारततर्फ लाग्नेछन्। पूर्वराजाको सिंगापुर बसाइँको बन्दोबस्त मिलाउन आइतबारदेखि नै बुहारी हिमानी शाह सिंगापुरमा छिन्। 

पूर्वराजाको दिल्ली भ्रमणको बन्दोबस्त उनका निजी सचिव सागर तिमल्सिनाले मिलाएका हुन्। भारतमा उनले करिब एक साता बिताउने पूर्वराजा निकट स्रोतले जनायो। 

काठमाडौंमा हालै सम्पन्न एउटा हिन्दूवादी सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति खरो टिप्पणी गरेका थिए। निषेधको राजनीतिले विद्रोह जन्मिनसक्ने उनले चेतावनी दिएका थिए। 

 

प्रकाशित: २४ कार्तिक २०७३ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App