४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेश प्रदेश सभा सदस्य सिंह प्रहरी नियन्त्रणमा

प्रदेश सभा सदस्य सिंहलाई सोमवार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ

अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन्।

बालिकालाई होटलमा बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

हजुरआमाले गाली गरेपछि दैलेखकी १५ वर्षीया बालिका सुर्खेतमा रहेको फुपूको घर आइन्। वीरेन्द्रनगर–४ कालागाउँमा फुपूको घर छ भन्ने थाहा भए पनि उनले घर भने देखेकी थिइनन्।

नक्कली नोटसहित हेटौँडामा तीन जना पक्राउ

हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।

अन्ततः पक्राउ परे महरापुत्र राहुल

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘राहुल महरालाई अनुसन्धानका लागि सिआइबीले नियन्त्रणमा लिएको छ।’

रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ।

चितवनमा शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो।

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

चोरीको ४२० बोरा मलसहित पाँच जना पक्राउ

कृषि सामग्री कम्पनी लिमिटेडको मल चोरीको आरोपमा रौतहट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा ल्याउन लागिएको ४२० बोरा युरिया मलखाद लिएर ट्रक चालक सम्पर्कविहीन भएकामा प्रहरीले दसीसहित पाँच जनालाई पक्राउ गरेको छ।

दिनदहाडै तरबार प्रहार गर्ने समूहका दुई जना पक्राउ

सोमबार दिउँसो विराटनगरको व्यस्त बजार क्षेत्रमा महमद हलिम खानलाई तरबार प्रहार गरेको घटनामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्रोत नखुलेको रकमसहित एक पक्राउ

सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्