५ आश्विन २०८१ शनिबार
image/svg+xml

चोरी आरोपमा २ जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ को एक घरमा गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ।

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ।

छोराकाे हत्या आरोपमा २० वर्षपछि बुबा पक्राउ

छोरा हत्याको आरोपमा धनुषा प्रहरीले बुबालाई पक्राउ गरिएको छ।आफ्नै छोरालाई हत्या गरेको आरोपमा २० वर्षपछि बुबालाई पक्राउ गरिएको हो।

२४ तोला सुन सहित पोखरामा महिला पक्राउ

पोखरामा २४ तोला सुन सहित एकजना महिला पक्राउ परेकी छन्। झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करिब २४ तोला सुन सहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

न्यायाधीशका पिएसओकाे पेस्तोल चोरी गर्ने दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ।

५२४ एम्पुल लागू औषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन्।

बलात्कार आरोपी इन्जिनियर पक्राउ

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।

छोरी बलात्कार गर्ने बाबु पक्राउ

मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन्।

टिकटकमा अश्लील भिडियो अपलोड गर्ने युवा पक्राउ

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील हर्कत गरि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ

अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्