१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

५२४ एम्पुल लागू औषधसहित दुई पक्राउ

(फोटो: लागू औषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी।)

मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन्।

 वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८९३७ नम्बरको बस चेकिङको क्रममा उनीहरूको साथबाट ५२४ थान डाइजेपाम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। शङ्काको आधारमा खानतलासीको क्रममा उनीहरुले बोकेको झोलाबाट लागू औषध डाइजेपाम १९९ एम्पुल, फेनार्गन १९५ एम्पुल र बुप्रिनुर्फिन १९० एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

उनीहरु दुवै जनालाई प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए। पछिल्लो समय वीरगन्ज र रक्सौल क्षेत्रबाट मकवानपुरमा लागू औषध भित्रिने क्रम बढेको छ। प्रहरीले दैनिक जसो औषधीजन्य लागूऔषसहित ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ। लागू औषधकै कारण मकवानपुरमा दुर्घटना तथा विभिन्न घटनाहरू समेत वृद्धि भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १६ श्रावण २०८० १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App