७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

२४ तोला सुन सहित पोखरामा महिला पक्राउ

पोखरामा २४ तोला सुन सहित एकजना महिला पक्राउ परेकी छन्। झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करिब २४ तोला सुन सहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार उनलाई पोखरा बसपार्कमा बिहान साढे ७ बजे बसबाट झर्ने क्रममा पक्राउ गरिएको वडाप्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। बसबाट झरेकी गुरुङको शरीर खानतलासी गर्दा बिस्कुट आकारको सुनजस्तो देखिने पहेंलो धातु छातीमा टेप बाँधेर भित्रि कपडाभित्र लुकाएर राखेको अवस्थामा फेला परेको उनले बताए।

‘हामीलाई सुन बोकेर एकजना महिला बसमा चढेर पोखरा आउँदै गरेको भन्ने गोप्य सूचना थियो। त्यस आधारमा खानतलासी गर्दा सुनजस्तो देखिने बिस्कुट आकारको पहेंलो धातुसहित पक्राउ गर्न सफल भएका हौ,’ उनले भने। पक्राउ लगत्तै प्रहरीले मुचुल्का उठाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान जारी राखेको डिएसपी जोशीले बताए।

प्रकाशित: २५ श्रावण २०८० ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App