८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बालिकालाई होटलमा बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

बलात्कार आरोपी सुरेन्द्र शाही।

हजुरआमाले गाली गरेपछि दैलेखकी १५ वर्षीया बालिका सुर्खेतमा रहेको फुपूको घर आइन्। वीरेन्द्रनगर–४ कालागाउँमा फुपूको घर छ भन्ने थाहा भए पनि उनले घर भने देखेकी थिइनन्। भदौ २ गते घरबाट हिँडेकी उनी दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट बस चढेर सुर्खेत आइपुगिन्। सुर्खेत आउँदा साँझ परिसकेको थियो। पानी पनि परिरहेको थियो। फुपूको घर खोज्दै वीरेन्द्रनगर–६ को गणेशचोक नजिकै बाटो छेउमा उभिरहेकी बालिकालाई अटो चालक अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीले घरसम्म पुर्‍याइदिने बताए।

सुरेन्द्रको विश्वासमा परेर बालिका अटो रिक्सा चढिन। अटो चालकले कालागाउँतर्फ नलगेर जङ्गलतिर लगेर गयो। बालिकाले यो बाटोबाट फुपूको घर पुगिन्न भनेपछि अटो चालकले जङ्गलबाट फर्काएर ल्यायो। करिब दुई घण्टा अटोमा घुमाएपछि राति नौ बजेतिर घर फेला नपरेको भन्दै उनले बालिकालाई वीरेन्द्रनगरको होटलमा पुर्‍यायो। 

‘बालिकालाई बलात्कार गर्ने र हत्या गर्ने योजना अनुसारनै उसले सुरुमा जङ्गलतर्फ लगेको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले भने, ‘बालिकाले फुपूको घर जान यस्तो जङ्गलको बाटो जानु पर्दैन भनेर कराएपछि जङ्गलतर्फ नलगेर रिक्सा फर्काएको पाइयो।’

प्रहरीका अनुसार सुरेन्द्रले वीरेन्द्रनगरको एक होटलमा अर्कै नाम राखेर दर्ता किताबमा इन्ट्री गरेका थिए। उनले आफ्नो नाम सुरेन्द्र थापा लेखाएका थिए भने ठेगाना गोरखा जिल्लाको राखेका थिए। बालिकालाई कोठामा लगेर गएपछि सुरेन्द्रले हातमा एसएलआर राइफलको ट्याटु देखाउँदै मैले भने अनुसार नमाने मार्ने धम्की दिन्छन्। ‘बलात्कार आरोपीको हातमा एसएलआरको ट्याटु छ, शरीरका अरु भागमा पनि ट्याटु छन्,’ डिएसपी शाहीले भने, ‘मैले भने अनुसार नमाने मारेर फालिदिन्छु भन्दै धम्की दिएर सुरुमा बलात्कार गरेको पाइएको छ।’

बलात्कार आरोपी सुरेन्द्रले राति फेरि आफूसँगै बालिकालाई पनि जबरजस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक बलात्कार गरेको बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। ‘भोलिपल्ट भदौ ३ गते विहान बालिकालाई होटलको कोठामा थुनेर केही समय बाहिर निस्केको र फेरि कोठामा गएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ,’ उनले भने, ‘बलात्कार आरोपीले पनि आफ्नो अपराध स्वीकार गरेको छ।’ बालिकालाई फुपूको घर पुर्‍याउँछु भनेको सुरेन्द्रले नजिकैको साँघुरो गल्लीमा लगेर छोडेर बेपत्ता हुन्छ। फुपूको खोजीमा भौतारिरहेकी बालिकाले गाउँकै एक जना दिदीलाई फेला पारिन् । 

उनले बालिकालाई आफ्नो घरमा लगिन्। ‘बालिका दिदीको घरमा १० दिन बसिन्, तर उनले आफूमाथि भएको जघन्य अपराधबारे केही पनि भनिनन्,’ डिएसपी शाहीले भने, ‘बालिकाको अवस्था बिग्रँदै गएपछि दिदीले १० गते राति बालिकाका बुबालाई फोन गरेर बोलाइन्।’

भदौ ११ गते बुबा आए। बुबाले सोधी खोजी गरेपछि बालिकाले घटना सुनाइन्। भोलिपल्ट १२ गते बिहान बुबा छोरीसहित प्रहरीमा पुगे। ‘बालिकाले आफूमाथि परेको घटना सुनाएपछि हामीले खोजी सुरु ग¥यौं,’ डिएसपी शाहीले भने, ‘नाम, ठेगाना कुनै सही थिएन, अटो रिक्साको नम्बर पनि थाहा थिएन, बालिकाले भने अनुसार रातो अटो रिक्सा र पीडकको हातमा भएको ट्याटुका आधारमा हामीले खोजी सुरु ग¥यौ।’ प्रहरीले १३ गते यही चोकबाट उनलाई पक्राउ प¥यो।

‘हामीले पक्राउ गरेर सोधपुछ गर्दा उसले आफ्नो घर गोरखा बताएको थियो, नाम सुरेन्द्र भनेको थियो,’ उनले भने, ‘उ बस्ने कोठा खानतलासी गर्दा सही पहिचान खुल्यो।’ प्रहरीले सुरेन्द्रविरूद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १५ भाद्र २०८० १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App