१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अन्ततः पक्राउ परे महरापुत्र राहुल

नौ किलो सुन तस्करी प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको करिब नौ किलो तस्करीको सुन गायब प्रकरणमा मुछिएका राहुल महरामाथि प्रहरीले आठ महिनापछि अनुसन्धान सुरु गरेको छ। उनी पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।

गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार उनकै घरबाट नियन्त्रणमा लिएर संगठित अपराधमा अनुसन्धान सुरु गरेको हो। ब्युरोले महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ। प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो।

तस्करीको करिब नौ किलो सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीले आठ महिनापछि अनुसन्धानको दायरामा ल्याएको हो। प्रहरीले तस्करीको करिब नौ किलो सुन ल्याउने मुख्य व्यक्ति फेला परेपछि मात्रै यस प्रकरणमा जोडिएका राहुललाई अनुसन्धानको दायरामा ल्याउने भन्दै पक्राउ गर्न आलटाल गरेको थियो।

गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार उनकै घरबाट नियन्त्रणमा लिएर संगठित अपराधमा अनुसन्धान सुरु गरेको हो।

राहुललाई अनुसन्धानको दायरामा नल्याईकन उन्मुक्ति दिन खोजेको आरोप खेपिरहेको प्रहरीले अन्ततः आठ महिनापछि नियन्त्रणमा लिएको हो। ब्युरोले नियन्त्रणमा लिनुअघि राहुलले सामाजिक सञ्जालमा प्रहरीलाई सत्यतथ्य बताएर अनुसन्धानमा सघाउने उल्लेख गरेका थिए। नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले राहुललाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको बताए।

‘राहुल महरालाई अनुसन्धानका लागि सिआइबलिे नियन्त्रणमा लिएको छ’, उनले भने।

साउन ४ गते नागरिक दैनिकमा तस्करीको सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीले बयान नलिईकन उन्मुक्ति दिन लागेको समाचार प्रकाशित भएको थियो। त्यसपछि उनलाई अनुसन्धानको दायरामा ल्याउन सरकार र प्रहरीलाई चर्को दबाब परेको थियो। दबाब थेग्न नसेपपछि उनलाई घरबाटै नियन्त्रणमा लिइएको हो।

यो प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराले पटकपटक फोन सम्पर्क गरेको देखिएको प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

तस्करीको सुन भएको ई-सिगरेट विमानस्थल भन्सारले जफत गरेपछि दाओजिनले महरा बाबुछोरालाई लगाएर छुटाउन खोजेका थिए। सुन छुटाउन नसके लिलामीमा राख्न महरा बाबुछोराले विमानस्थल भन्सारका अधिकारीलाई आग्रह गरेका थिए। महरा बाबुछोराले प्रहरी अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको तस्करीको सुनसहितको ई-सिगरेट छाडिदिन र छाड्न नमिले लिलामीमा राख्न भन्सारका कर्मचारीलाई दबाब दिएको उल्लेख छ।

अनुसन्धानले यस प्रकरणमा मुछिएका चिनियाँ नागरिकसँग महरा बाबुछोराको फोन सम्पर्कका आधारमा उनीहरूको संलग्नता हुन सक्ने देखाए पनि प्रहरीले ‘कसैको’ दबाबमा सोधपुछसमेत गरेको थिएन। प्रहरीले अनुसन्धान प्रतिवेदनमा महरा बाबुछोरालाई प्रतिवादी पनि बनाएन।

यो प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराले पटकपटक फोन सम्पर्क गरेको देखिएको प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट (विद्युतीय चुरोट) भित्र तस्करीको सुन राखेर ल्याएका थिए। त्यतिबेला भन्सार विभागले ई-सिगरेट बरामद गरी लीलाई छाडिदिएको थियो। त्यसपछि ली महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानमा देखिएको छ।

भन्सारबाट छुटेका ली महरा बाबुछोरासँग सम्पर्क गरी तीन दिनमै नेपालबाट फर्केका थिए। ई-सिगरेटभित्र करिब नौ किलो सुन भन्सारका नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेतसमेतको मिलेमतोमा विमानस्थल भन्सारबाट गायब पारिएको थियो। यस प्रकरणमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राहुल महराले भन्सार विभागका अधिकृत र कर्मचारीलाई पटकपटक फोन गरी ई-सिगरेट आफ्ना व्यापारिक साथीको भएकाले छाडिदिन र छाड्न नमिल्ने भए लिलामीमा राख्न दबाब दिएको उल्लेख छ। तर प्रहरीले राहुलले गरेको टेलिफोनलाई सामान्यीकरण गरी उन्मुक्ति दिन खोजेको थियो।

सिआइबीले सरकारी वकिलको कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ। प्रतिवेदनअनुसार महरा बाबुछोरा तस्करीको सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ।

चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट (विद्युतीय चुरोट) भित्र तस्करीको सुन राखेर ल्याएका थिए। त्यतिबेला भन्सार विभागले ई-सिगरेट बरामद गरी लीलाई छाडिदिएको थियो। त्यसपछि ली महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानमा देखिएको छ।

सिआइबीले कल डिटेल (सिडिआर) अध्ययन गर्दा यस मामिलामा महरा बाबुछोरासमेत जोडिएको पत्ता लागेको थियो। प्रहरी अनुसन्धानका क्रममा दाओजिन वाङ र महरा बाबुछोराबीच २५६ पटक टेलिफोन संवाद भएको देखिएको छ। ती सबै संवाद सुन तस्करी प्रकरणअन्तर्गतका हुन् वा होइनन् भन्ने यकिन छैन। यसै आधारमा प्रहरीले महरालाई ‘कसैको’ दबाबमा उन्मुक्ति दिन खोजेको स्रोतको दाबी छ।

सिआइबीले तस्करीको करिब नौ किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै यसअघि ६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। काठमाडौं जिल्ला अदालतले पक्राउमध्ये पाँचजनालाई सुन तस्करीमा संलग्न भएको अभियोगमा पुर्पक्ष थुनामा पठाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट प्रतिवादी विमानस्थल भन्सारका नायबसुब्बा रेवन्त खड्का, सुरक्षागार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारीद्वय वेदप्रकाश अग्रवाल र साहेबराव पाण्डुरङ मरगलेलाई पुर्पक्ष थुनामा र अमृत कार्कीलाई साधारण तारेखमा छाड्न आदेश भएको हो। विकले ई-सिगरेटभित्र सुन रहेको थाहा पाएपछि उनी, बस्नेत, खड्कालगायतको मिलेमतोमा त्यसलाई गायब पारिएको अनुसन्धानबाट खुलेको छ।

सिआइबीले सरकारी वकिलको कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ। प्रतिवेदनअनुसार महरा बाबुछोरा तस्करीको सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ।

काठमाडौं जिल्ला अदालतमा पेस भएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा ई–सिगरेटभित्र लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिनसँग पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुलको बारम्बार सम्पर्क भएको कल डिटेल्स पनि राखिएको छ। राहुलले वाङका सवारीचालक लोकेन्द्र पौडेल र असिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै दाओजिनले चिनियाँ नागरिक ली, पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेसँग पनि पनि पटकपटक सम्पर्क गरेको पाइएको छ।

६० किलो प्रकरणमा बस्नेत पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। भन्सारका कर्मचारी गणेश पौडेल र बेल्जियन नागरिक दावा छिरिङका सहयोगी भएको अरोपमा किशोर बस्नेतलाई प्रहरीले नियन्णमा लिएपछि यो संख्या २५ पुगेको हो।

बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो। यसअघि चिनियाँ, नेपाली, बेल्जियन र भारतीय गरी २४ जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानबाट थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको सिआइबीले जनाएको छ। यसअघि उसले सुन गाल्ने पाँचवटा उपकरण बरामद गरेको थियो। सिआइबीले सुन तस्करीबारे अनुसन्धान गर्न भारतीय प्रहरीसँग समन्वय गर्न एउटा टोली त्यसतर्फ भारत पठाउने भएको छ। अनुसन्धानकै लागि सिआइबीका एक अधिकारी हङकङ पुगेका छन्।

विमानस्थलबाटै सुन चोरी

सिआइबी प्रतिवेदनमा उल्लेख भएअनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई-सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए। उनका दुईवटा सुटकेस एक्सरे गर्दा शंकास्पद वस्तु देखिएपछि आरसी ट्याग लगाएर विमानस्थल भन्सारले राखेको थियो। सात सय ३० थान भेपमा उनले करिब ९ किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको छ। ती भेप ७३ वटा बट्टामा थिए। विमानस्थल भन्सार कार्यालयले शंकास्पद सुटकेस राखेर लीलाई पासपोर्ट लिएर छाडिदिएको थियो। भोलिपल्ट भन्सार कार्यालयबाट पासपोर्ट फिर्ता लिएर उनी पर्सिपल्ट चीन गएका थिए। त्यसपछि मात्रै उनले नेपालमा रहेका साथी दाओजिन वाङलाई विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएका सुटकेसभित्र भेपमा सुन भएकाले छुटाउन भनेका थिए।

डेढ महिनासम्म यात्रु आगमन कक्षकै छेउमा राखिएका लीका ती दुई सुटकेसलाई माघ २९ गते विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिएका थियो। त्यसक्रममा विमानस्थल भन्सार कार्यालयका सुरक्षागार्ड निर्मल विकले सुटकेसभित्र सुन रहेको पत्ता लगाएका थिए। उनले त्यसको जानकारी भन्सार एजेन्ट दिनेश बस्नेतलाई गराए। बस्नेतले नायबसुब्बा रेवन्त खड्कामार्फत सुन चोरीका लागि सेटिङ मिलाए। सेटिङअनुसार फागुन २९ गते खड्काले ती दुईवटा सुटकेसलाई भन्सारको फोहोर राख्ने कोठामा पुर्‍याएका थिए।

सिआइबी प्रतिवेदनमा उल्लेख भएअनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई-सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए।

त्यो कोठामा सिसिटिभी नभएकाले सुरक्षित हुने उनको विश्वास थियो। त्यहींबाट भन्सार एजेन्ट बस्नेतमार्फत सुनसहितको सुटकेस बाहिर लगियो। करिब नौ किलो सुन ६ करोड रूपैयाँमा बिक्री भएको अनुसन्धानमा खुलेको छ। बिक्रीबाट प्राप्त रकममध्ये ८० लाख बस्नेतकै बैंक खातामा भेटिएको थियो। प्रहरी अनुसन्धानमा त्यतिबेला ९ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ थियो।

अनुसन्धानका क्रममा प्रहरीले विमानस्थल भन्सार कार्यालयका अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग बयान लिएको थियो। ‘मैले त्यस दिन जफत मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ। भोलिपल्ट श्यामसुन्दर शाह भनी चिनाउने व्यक्तिले भेटेर उक्त भेप जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याएको भन्दै छुटाउन अनुरोध गरेका थिए। मैले निजलाई समेत जफत मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ,’ भन्सार अधिकृत श्रेष्ठले बयानमा भनेका छन्।

त्यो कोठामा सिसिटिभी नभएकाले सुरक्षित हुने उनको विश्वास थियो। त्यहींबाट भन्सार एजेन्ट बस्नेतमार्फत सुनसहितको सुटकेस बाहिर लगियो। करिब नौ किलो सुन ६ करोड रूपैयाँमा बिक्री भएको अनुसन्धानमा खुलेको छ।

उनका अनुसार भन्सार एजेन्ट फर्किएको केही समयपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलले फोन गरेर जफत सामानको लिलामी प्रक्रियाबारे जिज्ञासा राखेका थिए। ‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११-८८ बाट फोन गरी जफत भएको उक्त भेपको लिलामी प्रक्रिया के हो  श्रेष्ठले बयानमा भनेका छन्, ‘मैले जफत मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार बोलकबोलको सूचना प्रकाशित हुने बताएँ। लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, यस सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी दिएको थिएँ।’ 

प्रकाशित: १४ भाद्र २०८० ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App