१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६० किलो सुन तस्करीमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ मा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: २३ भाद्र २०८० ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App