२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सभा सदस्य सिंह प्रहरी नियन्त्रणमा

हत्याका आरोप लागेका सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई पक्राउ परेका छन्।

मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेश सभा सदस्य सिंहलाई सोमवार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोपमा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेतलाई प्रतिवादी बनाइएको छ। एसपी कार्कीले पक्राउ गरिएका प्रदेश सभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए।

पछिल्लो समय जनता समाजवादी पार्टी, नेपालमा रहेका सिंह गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए।

प्रकाशित: १८ भाद्र २०८० ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App