२३ वैशाख २०८१ आइतबार
image/svg+xml

पाठ्यक्रम विकास केन्द्रकाे चरम लापरवाही : बाहिर कक्षा १०, भित्र कक्षा ९

पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ।

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो।

स्थानीय भन्छन्–गम्भीर लापरवाही’, निकाय भन्छ– अनुगमनपछि थाहा हुन्छ’

जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो। पुल गएको शुक्रबार ढलान गरिएको थियो।

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्।

सात वर्षमा पनि सकिएन पुल निर्माणको काम

दुबैतीर सडक बनेको छ। मानिसको चहलपहल बाक्लो हुन्छ। तर, नदीमाथि पुल बनेको छैन। पुल बनाउन थालेको ७ वर्ष पुग्दा पनि अधुरोनै छ। हरेक वर्ष पुल बन्ने अपेक्षा स्थानीयले राख्छन्। तर, उस्तैगरी पसीना बगाउँदै उकालो ओरालो गर्नुपर्ने बाध्यता छ।

सुत्केरीको मृत्युपछि ओम गुरुकुल अस्पतालमा प्रदर्शन, कर्मचारी पदाधिकारी सम्पर्कविहीन

चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुगे। बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराए। स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिए।

‘निर्मलाका हत्यामा प्रहरीबाट लापरवाही भएको छ, दोषीलाई कारवाही हुन्छ’ (अडियो)

गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी र निष्ठाप्रति उठाइएको प्रश्न जायज नभएको बताए।

हस्तान्तरणअघि नै छाना चुहिँदा ५० लाख अतिरिक्त खर्च

भारतीय दूतावासको सहयोगमा निर्माण भएको नयाँ कलेज भवन(न्यू एकेडेमिक ब्लक) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझै हस्तान्तरण गरिएको छैन । तर भवन हस्तान्तरणअघि नै ५० लाख रुपैयाँ अतिरिक्त खर्च गरेको पाइएको छ।

‘सिक्टा नहरमा लापरवाही गर्नेलाई कारबाही गरियोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

बसपार्क निर्माणमा ठेकेदारको लापरवाही

नेपालगञ्जको अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको थियो।

ठेकेदारको लापरवाहीले विद्यालय भवन अलपत्र

रोल्पाका विभिन्न विद्यालयमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भएपनि सामग्री बुझाएका छैनन्। प्रति विद्यालयको सामाग्री ५ लाख १० हजारमा खरिद गरि गाडी जाने ठाउँसम्म ढुवानी समेत गरिदिने भन्दै तीन/तीन लाख पेश्की लगेका ठेकेदारले सामग्री दिएका ठाउँमा पनि अपुरो दिएका छन्।

माइतीघरमा विद्यार्थीको आन्दोलन र आन्दोलनपछिको लापरवाही (फाेटाे फिचर)

नेपाल विद्यार्थी संघले पछिल्लो समय माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। सयौं विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ता झण्डा, प्लेकार्ड ब्यानर बोकेर सरकारले घोषणा गरेको निषेधित क्षेत्रविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

सडक विभागकै लापरवाहीले भत्कियो महुली पुल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत महुली खेलामा रहेको पुल भत्किएको छ। बुधबार बिहानै महुली खोलामा आएको बाढीले पुलमा कटान लागेको थियो। कटान लागेकै ठाउँमा झण्डै २५ मिटर जति पुल भत्किएको हो।

ठेकेदारको लापरवाहीले अलपत्र सडकमा रोपाई

ठेकेदारको लापरवाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक बिरोध स्वरुप रोपाई गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्