९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एकै दिन २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ जनाको मृत्यु भएको छ।

अति भो अति

कोरोनालाई बेसार–पानीले ठीक पार्ने प्रधानमन्त्रीले केही महिनाअघि संसद्मा व्यक्त गरेको भनाइलाई यो संक्रमणले चुनौती दिएको छ। देशको समग्र राज्यसत्ता कोरोना नियन्त्रण र उपचारमा लाग्दालाग्दै स्थिति किन यसरी बिग्रेको छ, समीक्षाको विषय बनेको छ।

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य लाभको कामना गर्दै ट्रम्पलाई सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका समकक्षी डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी छन्। राष्ट्रपति भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन्।

कांग्रेस नेता गगन थापासहित ६० जना बढीमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो।

मैले गरेको त्यो गल्ती

बिपी पुत्र एवं कांग्रेस महामन्त्री शशांक कोइरालासँगको अन्तर्वार्ताका लागि प्रधानसम्पादक गुणराज लुइँटेल र म भदौ २२ गते महाराजगन्ज पुग्यौं। अन्तर्वार्ता लिने र दिने दुवै एकअर्काबाट संक्रमण हुँदैन र छैन भन्ने ढुक्कमा थियौं। त्यही भएर अन्तर्वार्ताका लागि महामन्त्री कोइराला पनि तयार हुनुभयो।

किरिया बसेका एकै परिवारका १३ जनामा कोरोना

झापा मेचीनगरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि भएको छ। मेचीनगर वडा नं. ८ की ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका छोरा, छोरी, बुहारी र आफन्तमा कोरोना पुष्टि भएको हो।

भारतमा कोरोनाबाट मृत्यु हुने एक लाख नजिक, ६३ लाख संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।

जाडोमा भाइरल लोड बढी हुने हुँदा संक्रमणको डर धेरै हुन्छ : डा. सुवेदी (अन्तर्वार्ता)

महामारीका कारण काम गरेर खाने वर्गलाई मुस्किल छ। बाहिरबाट हेर्दा सचेत नभएजस्तो वा सरकारलाई नटेरेजस्तो देखिन्छ। तर उनीहरूलाई बिहान–बेलुका हातमुख जोड्न पनि समस्या छ। बालबच्चालाई कसरी पाल्ने भन्ने समस्या छ।

विश्वका पाँचौं धनी व्यक्ति मास्कले किन भने, ‘म कोरोनाको भ्याक्सिन लगाउँदिन’

अमेरिकाका प्रशिद्ध व्यापारी एन मस्कले कोरोना भाइरसको भ्याक्सिन तयार भएपछि पनि आफुले नलगाउने बताएका छन्। फोर्ब्सका अनुसार स्पेसएक्स र टेस्लाका मालिक मस्क विश्वका पाँचौ धनी व्यक्ति हुन्।

विदेशी पर्यटकसामु महंगा सर्त

कोरोना भाईरस संक्रमण बढिरहँदा सरकारले आगामि एकदेखि पदयात्रा र पर्वतारोहणमा मात्र विदेशी पर्यटकलाई नेपाल आउन अनुमति त दिएको छ। तर, नेपाल भित्रिने ती पर्यटकले सरकारको महंगा सर्त पालना गर्नुपर्ने भएको छ।

वीपीमा मोरङका एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा, कोरोना रोकथाममा अनियमितताको आरोप

बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए।

बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ। सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

पर्साका स्वास्थ्यकर्मीको कोरोना उपचारका क्रममा काठमाडौंमा मृत्यु

पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोनाको कारण मृत्यु भएको छ। ‘उहाँको मृत्यु उपचारको क्रममा काठमाडौंमा भएको हो,’ घट्नाको पुष्टि गर्दै जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्