८ वैशाख २०८१ शनिबार
समाज

वीपीमा मोरङका एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने पुरुष मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ वर्षीय छन्। उनको बिहानै ३ बजे निधन भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनलाईनोबल मेडिकल कलेजले रिफार गरेपछि असोज १० गते बिहान ७ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकलाई भर्ना गरेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

मृतकलाई नोबल मेडिकल कलेजमा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि नोबलले वीपीमा रिफर गरेको पनि प्रतिष्ठानले जनाएको छ। मृतकलाई उच्च रक्तचाप, मधुमेहको समस्या थियो भने मृगौलामा पनि दीर्घकालिन समस्या भएर डाइलाइसिस पनि भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ। अहिलेसम्म वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ।  

 

प्रकाशित: १३ आश्विन २०७७ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App