९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सरकार भन्छ: कोरोना जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा छैन

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमितको संख्या बढिरहँदा यसको जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।

उपत्यकामा एकै दिन थपिए ८ सय १७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा संक्रमण देखिएको हो।

एकै दिन थपिए १३ सय ५१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्।

नोबेलमा पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५०,स्वाब संकलनको ४ सय ५०

निजी क्षेत्रमा पहिलो पटक कोरोना भाइरसको परीक्षण सेवा प्रदेश १ को विराटनगरमा सुरू गरिएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट कोरोना भाइरस भए नभएको पिसिआर परीक्षण सेवा सुरू गरेको हो।

कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।

धरानमा पत्रकारसहित १३ जनालाई कोरोना संक्रमण

धरानमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक जना पत्रकार पनि छन्। धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो। स्थानीय एक दैनिक पत्रिकामा कार्यरत ३८ वर्षीय पुरुष पत्रकार संक्रमणपछि होम आइसोलेसनमा नै बसेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

कोरोनाको ‘इपिसेन्टर’ मा परीक्षाको तयारी

कोरोना संक्रमणको केन्द्र बनेको प्रदेश १ को राजधानी विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालन हुने तयारी सुरु भएको छ। संक्रमण तीव्र भइरहेका बेला परीक्षाको तयारी थालिएको भन्दै अभिभावकहरु अदालत जाने तयारीमा जुटेका छन्।

भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टिनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारिन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

ललितपुर महानगर र गोदावरीका मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार कोरोना पुष्टि भएको हो। महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिएका छन्।

एकै दिन थपिए १ हजार ३ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ६२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय १३ जनामा संक्रमण देखिएको हो।

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन्। अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ।

महामारीले थला परेको शैक्षिक क्षेत्र चलायमान् बनाउन यसो गरौं

आफ्ना विद्यार्थीको अवस्था कस्तो छ? कुन गाउँमा बस्छन्? उनीहरूको पहुँच कस्तो छ? यी सम्पूर्ण कुरा स्थानीय तहले जानकारी राख्नुपर्छ। कतिपय स्थानीय तहले यस्तो अध्ययन गरिरहेका पनि छन्। यो विषयमा बेखबर भएर बस्ने स्थानीय तह पनि छन्। निर्देशिका केन्द्रबाट गइसकेको छ। तर आफ्नो वस्तुस्थितिअनुसार निर्देशिका फेरबदल हुन सक्छ।

कोरोनाबाट भारतका रेल राज्यमन्त्री अंगडीको निधन

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्