coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा पत्रकारसहित १३ जनालाई कोरोना संक्रमण

धरानमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक जना पत्रकार पनि छन्। धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो। स्थानीय एक दैनिक पत्रिकामा कार्यरत ३८ वर्षीय पुरुष पत्रकार संक्रमणपछि होम आइसोलेसनमा नै बसेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।  

उनका अनुसार वडा नं १६ का एक पुरुष ईञ्जनियरलाई पनि संक्रमण देखिएको छ। यस्तै उपमहानगरपालिकाका अनुगमन अधिकृतलाई पनि संक्रमण पुष्टि भएको छ। दुवै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको उनले बताए।  

धरान १५ स्थित एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण देखिएको छ भने एनएमबि बैंकको धरानस्थित शाखाका मेनेजरलाई पनि संक्रमण पुष्टि भएको छ। अन्य संक्रमित व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य भइरहेको मेहताले बताए। संक्रमण पुष्टि भएकामा एक जना वीपी प्रतिष्ठानका डाक्टर र एक जना स्टाफ नर्स पनि छन्। यस्तै, कर्मचारी र २ जना मेडिसिन युनिट २ का विरामीमा पनि संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित: १२ आश्विन २०७७ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App