९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

किरिया बसेका एकै परिवारका १३ जनामा कोरोना

झापा मेचीनगरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि भएको छ। मेचीनगर वडा नं. ८ की ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका छोरा, छोरी, बुहारी र आफन्तमा कोरोना पुष्टि भएको हो।  

पवित्रादेवीको असोज ४ गते  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो। उनको परीक्षणमा पनि कोरोना पोजेटिभ नै पुष्टि भएको थियो।  

काजकिरिया सकेर पिसिआर परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो। कोरोना संक्रमित धरानको गणतन्त्र एफमएका स्टेशन म्यानेजरसमेत रहेका गणेश तिम्सिनाका अनुसार अहिले सबै जना घरमै बसेका छन्। कोरोना संक्रमित हुने सात जना त पत्रकार छन्।  

कोरोना संक्रमित भएकाको सम्पर्कमा रहेका सवैको अब पिसिआर परीक्षण गरिने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले नागरिकलाई बताए।

 

प्रकाशित: १६ आश्विन २०७७ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App