८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ संक्रमित

पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै ८५३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ९ जना संक्रमितको मृत्यु

मोरङमा पछिल्लो १६ घण्टामा ९ जना कोरोना भाइरस(कोभिड —१९) संक्रमितको मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २, न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो।

कोरोनाको खोप किन्न प्रक्रिया थालिने, सरकारी अस्पतालमा उपचार नि:शुल्क

सरकारले कोरोना उपचारमा शुल्क लिने निर्णय सच्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा कोरोना उपचार र परीक्षणको शुल्क नलिने निर्णय गरेको हो।

कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

कोभिड- १९ का लागि बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशतसम्म काम गर्ने सुरुआती विश्लेषण गरिएको छ। यो भ्याक्सिन औषधी कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन्। कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान दिन’ भएको बताएको छ।

कोरोना सङ्क्रमितलाई हेलिकप्टर मार्फत उद्दार

धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ।

प्रदेश १ : ६ सय २८ डिस्चार्ज, ३ सय ६४ संक्रमित

प्रदेश १ को विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमित ६ सय २८ जना डिस्चार्ज हुँदा सोमबार ३ सय ६४ जना थपिएका छन्।

प्रदेश १ : पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङको विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ६ पुरुष र १ महिलासहित ७ जनाको मृत्यु भएको छ।

शिवराज नगरपालिका ५ दिनका लागि बन्द

स्थास्थ्य शाखा प्रमुख सहीत एकैसाथ ६ जना कर्मचारीहरु कोरोना संक्रमति भए पछि कपिलवस्तुको शिवराज नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ।

काठमाडौं उपत्यकामा थपिए १ हजार ४ सय २८ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएका छन्।

एकै दिन थपिए २५ सय ७१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २५७१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९८ जना कोरोनामुक्त भएर घर फर्का छन्।

कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्।

रुपन्देहीमा एकै दिन दुई संक्रमितको मृत्यु

रुपन्देहीमा आज बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवलका एक पुरुष र सैनामैनाकी एक महिला छन्। बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षिय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।

गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै

गण्डकी प्रदेशमा २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।

भारतद्वारा नेपाललाई थप २८ वटा आईसीयू भेन्टिलेटर प्रदान

कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई भारतले थप आईसीयू भेन्टिलेटर सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्